चितवनले चौथो खेल कर्णाली यस्वीससँग खेल्ने

थाइल्याण्ड नेपाल डट्कम
1 मिनेटमा पढ्न सकिने
1 मिनेटमा पढ्न सकिने

काठमाडौं । वात्सल्य एभरेष्ट वुमन्स भलिबल लिग अन्तर्गत चितवन शक्तिले लिगको चौथो खेल कर्णाली यस्वीससँग खेल्ने भएको छ ।

बिहीबार लिगको चौथो दिन चितवनले हालसम्म अपराजित रहँदै आएको कर्णाली यस्वीससँग खेल्नेछ ।

खेल साझ ५ः४५ मा राष्ट्रिय खेलकुद परिषदको कर्भड हलमा सुरु हुनेछ । चितवनले तीन खेलमा दुई जित र एक हार व्यहोरेको छ ।

चितवनले आफ्नो पहिलो खेलमा गण्डकी थन्र्डसलाई ३–१ ले पराजित गरेको थियो । त्यस्तै, दोस्रो खेल भने चितवनको पक्षमा रहेन । चितवनले काठमाडौं स्पाइकर्ससँग ३–१ को हार बेहोरेको थियो ।

तेस्रो खेलमा चितवनले मधेश युनाइटेडलाई ३–१ सेटमा पराजित गरेको हो ।

चितवनले हालसम्म अपराजित रहेको कर्णालीसँग बलियो आत्मविश्वासका साथ खेल्ने र जित निकाल्ने दाउमा हुनेछ ।

सेयर: 4
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
मौसम
14°C
Kathmandu
mist
14° _ 14°
94%
2 km/h
शनि
27 °C
आइत
26 °C
सोम
23 °C
मंगल
23 °C
बुध
24 °C
ट्याग गरिएको:
प्रतिक्रिया

प्रतिक्रिया

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ