एनआरएनए मलेसियाले खेलाडी परिवारलाई सहयोग गर्ने

थाइल्याण्ड नेपाल डट्कम
1 मिनेटमा पढ्न सकिने
1 मिनेटमा पढ्न सकिने

काठमाडौं । गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद (एनसीसी) मलेसियाले हालै आएको पहिरोमा परेर निधन भएका एन्फा यू–१३ का खेलाडीका परिवारलाई सहयोग गर्ने भएको छ ।

एनसीसी मलेसियाले युवा खेलाडीका परिवारलाई जनही एक लाख रुपैयाँ सहयोग गर्ने निर्णय गरेको कोषाध्यक्ष बालध्वज लिम्बूले जानकारी दिए ।

एन्फा उपाध्यक्ष दावा लामासँगको समन्वयमा मृतक खेलाडीका परिवारलाई सहयोग रकम हस्तान्तरण गर्नका लागि आफूहरु चाँडै नेपाल आउने बताए ।  सिस्नेरी पहिरोमा परेर एन्फा एकेडेमीका ६ जना खेलाडीको निधन भएको थियो । 

शनिबार इन्द्रसरोवर गाउँपालिका–३ टेकरमा सिस्नेरी खोलामा आएको बाढी र पहिरोमा वत्सला माविमा सञ्चालन भइरहेको एकेडेमीमा अध्ययनरत ६ युवा खेलाडीको निधन भएको हो ।

घटनामा मकवानपुरका अनुप घलान, दिवस वानियाँ र साइमन योञ्जन रहेका छन् । यसैगरी काठमाडौंका रियान्स आचार्य, सर्लाहीका आदित्य बलपाकी र बाराका बिकल रेग्मीको निधन भएको हो ।

एनसीसी मलेसियाले देशमा विपद् पर्दा आफूहरु कर्मभूमी भन्दा बाहिर भए पनि सहयोग गर्नु कर्तब्य रहेको भन्दै युवा खेलाडीहरुको निधनले अत्यन्त दुखित् भएकाले सहयोग गर्न लागिएको बताए ।

अहिले पनि एन्फा उपाध्यक्ष लामासँग समन्वय भइरहेको जानकारी दिँदै एनसीसी मलेसियाका कोषाध्यक्ष लिम्बूले आउँदा दिनमा पनि आफूहरु नेपाली खेलकुदलाई सहयोग गर्न तयार रहेको बताए ।

सेयर: 10
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
मौसम
20°C
Kathmandu
thunderstorm with light rain
20° _ 20°
73%
5 km/h
शुक्र
20 °C
शनि
28 °C
आइत
27 °C
सोम
21 °C
मंगल
22 °C
प्रतिक्रिया

प्रतिक्रिया

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ