Ad imageAd image

एलन मस्कलाई ट्रम्पले दिए टिममा महत्वपूर्ण जिम्मा

सञ्जु शर्मा
2 मिनेटमा पढ्न सकिने
2 मिनेटमा पढ्न सकिने

एजेन्सी । अमेरिकाका नव निर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पले नयाँ सरकारका लागि आफ्नो टिम  बनाउन सुरु गरेका छन् । उनले अर्बपति एलोन मस्क र पूर्व  राष्ट्रपति पदका उम्मेदवार विवेक रामास्वामीलाई  सरकारी दक्षता विभागको नेतृत्व सुम्पेका छन् ।  यो जोडीले कर्मचारी तन्त्रको ढिलासुस्त, अतिरिक्त नियमहरू घटाउन, अनावश्यक खर्च कटौती गर्न, र संघीय एजेन्सीहरूको पुनर्संरचना गर्न सँगै काम गर्नेछन् ।

मस्क र रामास्वामीले सरकार बाहिरबाट सल्लाह र निर्देशन दिनेछन्, र ह्वाइट हाउस र अफिस अफ म्यानेजमेन्ट एण्ड बजेटसँग साझेदारी गर्नेछन् । ठूला स्तरमा संरचनात्मक सुधारहरू सञ्चालन गर्न, र सरकारलाई पहिले कहिल्यै नदेखेको उद्यमशील दृष्टिकोण सिर्जना गर्न महत्वपुर्ण योगदान दिने ट्रम्पको विश्वास छ ।

यस्तै ट्रम्पले आफ्नो विदेशमन्त्रीका रुपमा चीनप्रति कडा दृष्टिकोण राख्ने फ्लोरिडा राज्यका सिनेटर मार्को रुबियोलाई नियुक्त गर्ने तयारी गरेका छन् । ५३ वर्षीय रुबियो अमेरिका र भारतबीच रक्षा लगायतका क्षेत्रमा गहिरो साझेदारी हुनुपर्ने मान्यता लिएका व्यक्ति भएको जनाइएको छ । रुबियोले युक्रेनले युद्ध अन्त्यका लागि रुससँग सम्झौता गर्नुपर्ने बताएका थिए। गत अप्रिलमा अमेरिकी सिनेटले युक्रेनका लागि ९५ अर्ब डलरको सैन्य सहायता प्याकेज पारित गर्दा त्यसको विपक्षमा मतदान गर्ने १५ सिनेटरमध्ये रुबियो पनि एक हुन् ।  रुबियोले २०१६ को राष्ट्रपतीय निर्वाचनको प्राइमरीका बेला ट्रम्पलाई चुनौती दिएका थिए ।  यद्यपि पछि उनले ट्रम्पप्रति समर्थन जनाएका थिए ।  

यस्तै चीनप्रति कडा दृष्टि राख्ने मानिएका फ्लोरिडाकै सांसद तथा अवकाशप्राप्त सैन्य अधिकारी माइकल वाल्ट्जलाई ट्रम्पले राष्ट्रिय सुरक्षा सल्लाहकारका रुपमा चयन गर्न सक्नेअमेरिकी सञ्चारमाध्यमले जनाएका छन्। गत साता भएको राष्ट्रपतिय निर्वाचनमा विजयी भएका ट्रम्पले आगामी जनवरी २० मा सत्ता सम्हाल्ने छन् । उनले आफ्नो टिममा रहेर काम गर्ने उच्च पदाधिकारीको नियुक्ति गरेका छन् ।

- Advertisement -
Ad imageAd image

 यसक्रममा उनले सीमा व्यवस्थापनको शक्तिशाली प्रमुखमा भूतपूर्व आप्रवासन अधिकारी टम होमन चयन  भएका छन् । यसैगरी ट्रम्पले एलिस स्टेफानिकलाई संयुक्त राष्ट्रसंघका लागि अमेरिकी राजदूतका रुपमा नियुक्त गरेका छन् । सूची वाइल्सलाई ह्वाइट हाउसको चिफ अफ स्टाफका रुपमा छनोट गरेका छन् । यस्तै ट्रम्पले आप्रवासनप्रति कठोर दृष्टि राख्ने आफना सल्लाहकार स्टिफेन मिलरलाई नीति विषय हेर्ने गरी ह्वाइट हाउसको डेपुटी चिफ अफ स्टाफमा नियुक्त गर्ने तयारी गरेका छन् । एजेन्सी

सेयर: 3
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
मौसम
18°C
Kathmandu
few clouds
18° _ 18°
100%
2 km/h
आइत
28 °C
सोम
30 °C
मंगल
29 °C
बुध
28 °C
बिहि
29 °C
प्रतिक्रिया

प्रतिक्रिया

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ