Ad imageAd image

साहित्यकार भट्टराईको कथासङ्ग्रह ‘अभिशप्त कुइनेटाहरू’ लोकार्पण

थाइल्याण्ड नेपाल डट्कम
2 मिनेटमा पढ्न सकिने
2 मिनेटमा पढ्न सकिने

काठमाडौँ । साहित्यकार जीवराज भट्टराईको कथासङ्ग्रह ‘अभिशप्त कुइनेटाहरू’ लोकार्पण भएको छ ।

शनिबार नेपाल स्रष्टा समाजको आयोजनामा स्रष्टा समाजका अध्यक्ष वरिष्ठ साहित्यकार श्रीओम श्रेष्ठ, साहित्यकार एवम् साहित्यिक पत्रकारकार नगेन्द्रराज शर्मा, साहित्यकार रोचक घिमिरे, प्राडा महेशकुमार आचार्य, प्राडा गोपिन्द्र पौडेल, डा.दिनबन्धु शर्मा, साहित्यकार पवन आलोक, कृतिकार जीवराज भट्टराईलगायतको उपस्थितिमा उक्त कृतिको लोकार्पण गरिएको हो ।

कुल २२ वटा कथा सङ्ग्रहित उक्त सङ्ग्रह ‘अभिशप्त कुइनेटाहरू’ प्रतिनिधिकथाको रुपमा रहेको छ ।

वैदेशिक रोजगारी, बेरोजगारीलगायतका जटिल सामाजिक विषय र त्यसबाट उत्पन्न मनोदशा उक्त पुस्तकमा रहेको समालोचक डा.शान्तिमाया गिरीले टिप्पणी गरेकी छन् ।

- Advertisement -
Ad imageAd image

कथाकार भट्टराई समाज व्यक्तिलाई शुक्ष्म रूपमा अध्ययन गर्नसक्ने व्यक्ति भएको जनाउँदै यस संग्रहमा बहुमुखी विषय कलात्मक रुपले प्रस्तुत गरिएको भन्दै प्रसंसा गरेकी छन् । केही वाक्य लामा खालका भएको भन्दै यसतर्फ लेखकको ध्यानाकर्षणसमेत उनले गराइन् ।

कथाकार डा.दिनबन्धु शर्माले ‘अभिशप्त कुइनेटाहरू’मा सङग्रहित कथाहरू सरल, आकर्षक र लयदार भाषामा रहेको टिप्पणी गरेका छन् । ‘सुरुदेखि अन्तसम्म पढिरहूँ लाग्ने पुस्तक छ’ भन्दै उनले कथाकार भट्टराईको प्रशंसासमेत गरे। उनका अनुसार उक्त सङ्ग्रहमा भएका कथामा रागात्मक कुइनेटारूका साथै उत्तम मनोविश्लेषण रहेको पाइन्छ ।

कार्यक्रममा शुभकामना मन्तब्य दिँदै डा.गोपिन्द्र पौडेलले कृतिकार भट्टराई विविधता रुचाउने लेखक भएको भनी प्रशंसा गरे ।

लामो समयदेखि सम्पदा तथा संस्कृतिको क्षेत्रमा अनुसन्धानात्मक काम गरिरहेका कृतिकार भट्टराईको यो तेस्रो पुस्तक हो । नेपाल स्रष्टा समाजले प्रकाशनमा ल्याएको यस पुस्तकको मूल्य ४५० रुपैयाँ रहेको छ ।

 

सेयर: 3
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
मौसम
18°C
Kathmandu
broken clouds
18° _ 18°
94%
3 km/h
बिहि
18 °C
शुक्र
20 °C
शनि
19 °C
आइत
22 °C
सोम
27 °C
ट्याग गरिएको:
प्रतिक्रिया

प्रतिक्रिया

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ