काठमाडौं महानगरले माग्यो मारवाडी सेवा समितिको कागजात

थाइल्याण्ड नेपाल डट्कम
1 मिनेटमा पढ्न सकिने
1 मिनेटमा पढ्न सकिने

काठमाडौं । मारवाडी सेवा समितिले न्युरोडस्थित एक जुत्ता पसलबाट साढे आठलाख रुपैंयाँ भाडा असुल्ने गरेको भेटिएको भन्दै काठमाडौं महानगरपालिकाले छापा मारेको छ ।


बिहीबार महानगरपालिकाको राजश्व विभागका उपनिर्देशक जगनाथ शर्मा पौडेलसहितको टोलीले छापा मारेको हो ।
छापाकै क्रममा सञ्चारकर्मीहरुसँग कुरा गर्दै उपनिर्देशक शर्माले सबै कुरा प्रस्ट गर्नको लागि मारवाडी सेवा समितिको आधिकारिक व्यक्ति नभेटिएको बताए । उनले आधिकारिक व्यक्ति काम विशेषले बाहिर रहेकाले सबै जानकारी सार्वजनिक गर्न नसकिएको बताए ।


साथै उनले सम्झौता गरेर राखेका व्यासायीहरुको व्यवसाय दर्ता, नविकरण हालसम्म तिर्नुपर्ने रकम सबै डकुमेन्टहरु आधिकारिक व्यक्तिले सोमबार बुझाउने गरी सम्झौंता भएको बताए ।


उनले भने, ‘मारवाडी सेवा समितिको आधिकारिक व्यक्ति काम विशेषले बाहिर हुनुहुँदोरहेछ । हामीले मागेका कागजातसहित अर्थात खासगरी व्यवसाय गरेकाहरुसँग सम्झौता गरेर राखेका दर्ता, नविकरण, हालसम्म तिनुपर्ने रकमसहित सम्पूर्ण रसिद वा डकुमेण्ट लिएर सोमबार आधिकारिक व्यक्ति हामीकहाँ आउनुहुनेछ ।’

सेयर: 3
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
मौसम
9°C
Kathmandu
few clouds
9° _ 9°
100%
2 km/h
बुध
22 °C
बिहि
23 °C
शुक्र
23 °C
शनि
25 °C
आइत
25 °C
ट्याग गरिएको:
प्रतिक्रिया

प्रतिक्रिया

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ