Ad imageAd image

नेप्से परिसूचक ८.३० अंकले घट्यो, कारोबार रकममा पनि कमी

थाइल्याण्ड नेपाल डटकम
2 मिनेटमा पढ्न सकिने
2 मिनेटमा पढ्न सकिने

बिहीबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक ८.३० अंकले घट्दै २,७४८ अङ्कमा झरेको छ । अघिल्लो दिनको तुलनामा बजार घटेसँगै कुल कारोबार रकम पनि कमी आएको छ । अघिल्लो दिन ९ अर्ब ३१ करोडको कारोबार भएकोमा आज ८ अर्ब ५४ करोडमा सीमित भएको छ ।

बजारमा ५० कम्पनीको सेयर मूल्य बढ्दा १९४ कम्पनीको घटेको छ । व्यापार समूहले ९.२५ प्रतिशतको उल्लेख्य वृद्धि गरेको छ । यस समूहको वृद्धि विशाल बजार कम्पनीको सेयर मूल्यमा १० प्रतिशतको वृद्धि भएपछिको प्रभाव हो । व्यापार समूहमा सूचीकृत दुई कम्पनीमध्ये विशाल बजार कम्पनी पूँजीकरणको हिसाबले साल्ट ट्रेडिङभन्दा १० गुणा ठूलो छ, जसका कारण यस समूहमा पूर्ण प्रभाव पार्दछ ।

बिहिवार अन्य समूहहरूमा मिश्रित प्रदर्शन देखिएको छ । विकास बैंक समूह १.०५ प्रतिशतले र जीवन बीमा समूह ०.४७ प्रतिशतले बढेका छन ्। तर, बैंकिङ ०.८७ प्रतिशत, फाइनान्स ०.९७ प्रतिशत, होटल तथा पर्यटन ०.८० प्रतिशत, हाइड्रोपावर १.५८ प्रतिशत, लगानी ०.८७ प्रतिशत, उत्पादन ०.८६ प्रतिशत, माइक्रोफाइनान्स ०.६२ प्रतिशत, निर्जीवन बीमा ०.५४ प्रतिशत र अन्य समूह १.४१ प्रतिशतले घटेका छन् ।

विशाल बजार कम्पनी, विन नेपाल लघुवित्त र सपोर्ट माइक्रोफाइनान्सको सेयर मूल्य १० प्रतिशतले बढेका छन् । पाँचथर पावर कम्पनीको मूल्य ८.३ प्रतिशत, लाइफ इन्स्योरेन्स कर्पोरेसनको ८.१ प्रतिशत, जानकी फाइनान्सको ७.८ प्रतिशत र मितेरी विकास बैंकको ५.३ प्रतिशतले वृद्धि भएको छ ।

- Advertisement -
Ad imageAd image

त्यस्तै, मानुषी लघुवित्तको सेयर मूल्य १० प्रतिशतले घटेको छ । अपर स्याङ्गे हाइड्रोपावरको ८.६ प्रतिशत र कर्णाली विकास बैंकको ६.८ प्रतिशतले मूल्य घटेको छ । कारोबार रकमका आधारमा अग्रस्थानमा एक्सल डेभलपमेन्ट बैंक, नेपाल फाइनान्स, मितेरी डेभलपमेन्ट बैंक, जानकी फाइनान्स र ङादी ग्रुप पावर रहेका छन् ।

सेयर: 2
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
मौसम
24°C
Kathmandu
overcast clouds
24° _ 24°
81%
1 km/h
मंगल
25 °C
बुध
25 °C
बिहि
24 °C
शुक्र
24 °C
शनि
25 °C
ट्याग गरिएको:
प्रतिक्रिया

प्रतिक्रिया

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ