हिउँदयाम सुरु भएसँगै वायुको गुणस्तर खस्किदो

थाइल्याण्ड नेपाल डट्कम
1 मिनेटमा पढ्न सकिने
1 मिनेटमा पढ्न सकिने

काठमाडौं । काठमाडौंलगायत विभिन्न सहरहरुमा वायु प्रदुषण बढ्न थालेको छ । हिउँदयाम सुरु भएसँगै वायुको गुणस्तर खस्किदो छ ।


विहीबार काठमाडौं उपत्यकाको रत्नपार्क र खुमलटार क्षेत्र अस्वस्थकर’को वर्गमा परेको छ भने चितवनको भरतपुर सबैभन्दा ‘प्रदूषित’ सहरका रुपमा देखिएको छ ।


पछिल्लो २४ घण्टामा भरतपुरको एयर क्वालिटी इन्डेक्स (एक्यूआई) १६५ पुगेको वातावरण विभागले जनाएको छ ।
रत्नपार्क र खुमलटारमा पनि एक्यूआई क्रमशः १६४ र १५७ पुगेको छ । यसअघि काठमाडौँ विश्वको आठौँ प्रदूषित सहरको रूपमा रहेको थियो ।


विश्व स्वास्थ्य संगठनले एक्यूआई ५० भन्दा कम रहेको वायुलाई स्वस्थकर मानेको छ । विश्वभर वायु प्रदुषणका कारण वार्षिक रुपमा ७० लाख मानिसको मृत्यु हुने गरेको छ ।
नेपालमा ४२ हजार १ सय र काठमाडौंमा मात्र ५ हजार व्यक्तिको मृत्युको कारण वायु प्रदुषण भएको अध्ययनहरुले देखाएको छ ।

सेयर: 3
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
मौसम
9°C
Kathmandu
few clouds
9° _ 9°
100%
2 km/h
बुध
22 °C
बिहि
23 °C
शुक्र
23 °C
शनि
25 °C
आइत
25 °C
ट्याग गरिएको:
प्रतिक्रिया

प्रतिक्रिया

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ