धनुषाधाम वडा नम्बर १ मा ४८ प्रतिशत मतदान सम्पन्न

थाइल्याण्ड नेपाल डट्कम
1 मिनेटमा पढ्न सकिने
1 मिनेटमा पढ्न सकिने


धनुषा । स्थानीय तहको उपनिर्वाचनको क्रममा धनुषाको धनुषाधाम वडा नम्बर १ मा अहिलेसम्म ४८ प्रतिशत मतदान भएको छ ।
मुख्य निर्वाचन कार्यालय धनुषाधामका मुख्य निर्वाचन अधिकृत चुडामणि खड्काले जनाए अनुसार विहान सातबजेदेखि सवा १२ बजेसम्ममा ४८ प्रतिशत मतदान भएको छ ।
आज विहान सवा सातबजेदेखि शुरु भएको मतदाताको क्रममा १५५१ जनाले मतदान गरेको मुख्यनिर्वाचन अधिकृत खड्काले बताए ।
आज अपरान्ह् ५ बजेसम्म मतदान प्रक्रिया चल्नेछ भने आजै राति नै मतगणना थालिने छ ।
धनुषाधाम नगरपालिका वडा नम्बर १ मा कुल २ हजार ६ सय ३६ मतदाता छ । मतदानको लागि तीन स्थानमा मतदान केन्द्र तोकिएको छ । धनुषाधामको गोविन्दपुर, वडा नम्बर १ को वडा कार्यालय र मुंग्राहास्थित मतदान निमाविमा मतदान केन्द्र रहेको छ ।
मतदानस्थलमा निकै चहलपहल बढेको छ भने शान्तिपूर्ण रुपमै मतदाताहरु अहिलेसम्म मतदान गरिरहेको छ ।
सो उपनिर्वाचनमा धनुषाधाम नगरपालिका वडा नम्बर १ मा नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र नेकपा एमालेबीच कडा प्रतिस्पर्धा हुने अनुमान गरिएको छ ।

सेयर: 2
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
मौसम
14°C
Kathmandu
mist
14° _ 14°
72%
1 km/h
बिहि
22 °C
शुक्र
21 °C
शनि
24 °C
आइत
25 °C
सोम
26 °C
प्रतिक्रिया

प्रतिक्रिया

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ