Ad imageAd image

सेयरबजारः  ९.९९ अंकले घटेर २७३८.०६ विन्दुमा रोकियाे

थाइल्याण्ड नेपाल डट्कम
1 मिनेटमा पढ्न सकिने
1 मिनेटमा पढ्न सकिने

काठमाडौं । सेयरबजार परिसूचक नेप्से आज ९.९९ अंकले घटेर २७३८.०६ विन्दुमा रोकिएको छ।  सोमबार ८ अर्ब ८३ करोडको सेयर खरिदबिक्री भएको हो।  नेपाल स्टक एक्सचेन्जका अनुसार कुल १ करोड ६७ लाख कित्ता सेयर बिक्रीमा उक्त परिमाणको कारोबार भएको छ।

यसमध्ये ६३ वटा सेयरको मूल्य बढ्दा १७८ वटाको घटेको र ३ वटाको अघिल्लो मूल्यमै कारोबार भएको छ।  बढेका सेयरमध्ये विशाल बजार कम्पनी, कर्पोरेट डेभलपमेन्ट बैंक, सिन्धु विकास बैंक, ग्रिन डेभलपमेन्ट बैंक, सप्तकोशी डेभलपमेन्ट बैंकको सेयरमा सकारात्मक सर्किट लागेको छ।

योसँगै यी कम्पनीका लगानीकर्ताले प्रतिकित्ता क्रमशः ५४४.५०, १६६.५०, ९३.७०, १०२.६० र १०२ रुपैयाँ आम्दानी गरेका छन्।  तर आज जानकी फाइनान्सका लगानीकर्ताले भने १०१.५० रुपैयाँ प्रतिसेयर नोक्सानी व्यहोरेका छन्। कम्पनीको सेयरमा नकारात्मक सर्किट लागेको हो।

यसबाहेक नेपाल फाइनान्स, उपकार लघुवित्त, लाइफ इन्स्योरेन्स कर्पोरेसनलगायतको सेयर भने घटेको छ।  सर्वाधिक कारोबारमा भने आज एक्सेल डेभलपमेन्ट बैंक छ।

- Advertisement -
Ad imageAd image

कम्पनीको ३४ करोडको कारोबार भएको हो। यसबाहेक एनआरएन इन्फ्रास्ट्रक्चर एन्ड डेभलपमेन्टको २८ करोड, नेपाल फाइनान्सको २८ करोड, मितेरी डेभलपमेन्ट बैंकको २७ करोड र ङादी ग्रुप पावरको २४ करोडको कारोबार भएको नेप्सेले जनाएको छ।  आज विकास बैंक र व्यापारको सूचक क्रमशः ४.५२ र ९.०७ प्रतिशतले बढे पनि अन्य सूचकहरु राताम्य रहे।

सेयर: 2
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
मौसम
18°C
Kathmandu
broken clouds
18° _ 18°
100%
2 km/h
बुध
22 °C
बिहि
23 °C
शुक्र
24 °C
शनि
24 °C
आइत
24 °C
प्रतिक्रिया

प्रतिक्रिया

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ