Ad imageAd image

ठाउँ अनुसारका हाम्रा सबै पर्व सुन्दर छन् :प्रधानमन्त्री

थाइल्याण्ड नेपाल डटकम
1 मिनेटमा पढ्न सकिने
1 मिनेटमा पढ्न सकिने

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले धान्य पूर्णिमा, उधौली, यमरीपुन्ही र ज्यापु दिवसका अवसरमा शुभकामना व्यक्त गरेका छन् ।


आइतबार सामाजिक सञ्जालमार्फत उनले ठाउँ अनुसारका हाम्रा सबै पर्व सुन्दर रहेको भन्दै धान्य पूर्णिमा, उधौली, यमरीपुन्ही र ज्यापु दिवसका अवसरमा शुभकामना व्यक्त गरे ।


उनले लेखेका छन् ,‘ आज धान्य पूर्णिमाको दिन। पुरानो कृषि युगमा यस दिनको ठूलो महत्त्व छ। असारमा रोपेको धान मंसीरमा भित्र्याएर प्रमुख खाद्यान्न धानप्रति कृतज्ञ हुने पर्व भएकोले आजको दिनलाई धान्य पूर्णिमा भनिएको हो। आज ज्यापु दिवस पनि हो ।

काठमाडौँ उपत्यकामा चामलबाट बनाइएको यःमरी खाएर यःमरी पुन्ही मनाइन्छ भने पूर्वी पहाडमा जाडो छल्न उँभो लेकबाट बेंसी (उँधो)झर्ने दिनका रूपमा आज उधौली पर्व मनाइन्छ। नेपालमा बसोबास गर्ने धेरैजसो जातिहरूको आजको दिनमा कुल पूजा गर्ने चलन छ र विभिन्न ठाउँमा मेला लाग्छ। ठाउँ अनुसारका हाम्रा सबै पर्व सुन्दर छन्, सबैलाई शुभकामना !!’

- Advertisement -
Ad imageAd image
सेयर: 0
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
मौसम
18°C
Kathmandu
overcast clouds
18° _ 18°
94%
2 km/h
आइत
24 °C
सोम
25 °C
मंगल
26 °C
बुध
25 °C
बिहि
24 °C
ट्याग गरिएको:
प्रतिक्रिया

प्रतिक्रिया

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ