रेडियो नेपाल क्रान्तिको आवाज भएकाले प्रश्न उठ्न सक्ने ठाउँ नै छैन् ःअध्यक्ष विष्ट

थाइल्याण्ड नेपाल डट्कम
1 मिनेटमा पढ्न सकिने
1 मिनेटमा पढ्न सकिने

काठमाडौं । सार्वजनिक सेवा प्रसारण संस्थाका सञ्चालक समितिका नवनियुक्त अध्यक्ष डा. महेन्द्र विष्टले कर्मचारीसँग परिचयात्मक कार्यक्रम गरेका छन् ।
बुधबार एक विशेष समारोहकाबीच उनले कर्मचारीसँग परिचयात्मक सम्बोधन कार्यक्रम गरेका हुन् ।
उक्त कार्यक्रममा बोल्दै उनले मिडिया इन्डष्ट्रि धेरै कमजोर अवस्थामा रहेको भन्दै हरेक पुग्नुपर्ने क्षेत्रमा रिपोर्टर पुग्नै छोड्दा मिडिया क्षेत्र ध्वस्त हुँदै गएको बताएका हुन् ।
उनले भने ,‘हामी सिरियसली भएर काम गरौं । अहिले मिडिया इन्डष्ट्रि एकदमै कमजोर भएको छ । ध्वस्त भएर गैइसक्यो । हामी सोचौं एकछिन हरेक पुग्नुपर्ने क्षेत्रमा रिपोर्टर पुग्नै छोड्दा मिडिया क्षेत्र ध्वस्त हुँदै गैइरहेको छ । मान्छे बजारमै जाँदैनन् ।’
साथै उनले रेडियो नेपालको ठूलो इतिहास भएको बताए । उनले नेपाल टेलिभिजनको इतिहासमा प्रश्नहरु उठे पनि रेडियो नेपाल क्रान्तिको आवाज भएकाले प्रश्न उठ्नै नसक्ने ठाउँ भएको बताए ।
उनले भने, ‘हामीहरुसँग जे उपाय हुन्छ त्यो सबैले प्रयोग गरौं । र सबैको आइडिया मिसाएर हामी मिडियाको लागि धेरै राम्रो काम गर्न सक्छौं । आफ्नो जे जे संमयन्त्रहरु छन् त्यसलाई प्रयोग गर्नुपर्छ अब रेडियो नेपाल र नेपाल टेलिभिजनको लागि । रेडियो नेपालको ठूलो इतिहास छ । नेपाल टेलिभिजनको इतिहासमा बरु प्रश्नहरु उठ्न सक्ला, यसलाई चाँही महाराज धितराजको प्रसारण गर्न पाएको भनेर प्रश्न उठ्लान तर रेडियो नेपाल क्रान्तिको आवाज भएकाले प्रश्न उठ्नै नसक्ने ठाउँ छ ।’

सेयर: 4
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
मौसम
20°C
Kathmandu
few clouds
20° _ 20°
64%
2 km/h
बुध
18 °C
बिहि
28 °C
शुक्र
28 °C
शनि
28 °C
आइत
27 °C
प्रतिक्रिया

प्रतिक्रिया

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ