प्रधानमन्त्रीविरुद्ध भ्रामक प्रचार गर्नेमाथि कडा कारबाही गर्न प्रेस चौतारी नेपालका महासचिव लामाको माग

थाइल्याण्ड नेपाल डट्कम
2 मिनेटमा पढ्न सकिने
2 मिनेटमा पढ्न सकिने

काठमाडौं । नेकपा एमाले तथा त्यसको नेतृत्वका विरुद्ध लगातार भ्रम फिँजाउने तत्त्व नियोजित रूपमा लागेको भन्दै प्रेस चाैतारी नेपालका महासचिव हीरामान लामाले उनीहरू माथि कारबाहीको माग गर्नु भएको छ ।

नेकपा एमाले र सो पार्टीका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली विरुद्ध सामाजिक सञ्जाल मार्फत अनेक खालका भ्रम फैलाउने कार्य निरन्तर भइरहेका छन् ।

सोही क्रममा विभिन्न ठाउँका भिडियोहरू जोडेर मंगलबार एमाले अध्यक्ष प्रधानमन्त्री केपी शर्मा ओली माथि काभ्रेमा दुर्व्यवहार प्रयास भन्दै सामाजिक सञ्जालमा केहीले भ्रम फिँजाउने प्रयास गरे पछि महासचिव लामाले कारबाहीको माग गर्नु भएको हो ।

मंगलबार दिनभरि ललितपुर महानगरपालिकाको कार्यक्रममा रहनुभएका प्रधानमन्त्री ओली काभ्रे जानुभएको र उहाँ माथि दुर्व्यवहार प्रयास भएको भन्दै सामाजिक सञ्जाल मार्फत भ्रम फिँजाउने कोसिस भएको छ । प्रधानमन्त्री ओली मंगलबार ललितपुर महानगरपालिकाको १ सय ६ औँ स्थापना दिवसको कार्यक्रममा प्रमुख अतिथिको रूपमा सहभागी हुनुहुन्थ्यो ।

प्रधानमन्त्री ओलीको काभ्रेमा कुनै कार्यक्रम नरहेको र उहाँ त्यहाँ नजानु भएको प्रधानमन्त्रीको सचिवालयले पुष्टि गरेको छ । यसले यो कार्य उहाँ र एमाले विरुद्ध फैलाइका भ्रम हो भन्न पुष्टि भएको छ ।

प्रेस चौतारी नेपालका महासचिव लामाले पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी ओलीको आज काभ्रेपलाञ्चोक जिल्लामा कुनै कार्यक्रम नभएको बताउनुभयो ।

‘सामाजिक सञ्जालमा फैलाइएका तथ्यहीन र भ्रमपूर्ण समाचारप्रति खेद व्यक्त गर्दछु, षडयन्त्रपूर्ण ढङ्गले गलत सूचना प्रवाह गर्नेहरूउपर हदैसम्मको कानुनी कारबाहीको माग गर्दछु’, लामाले भन्नुभयो ।

सेयर: 19
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
मौसम
23°C
Kathmandu
scattered clouds
23° _ 23°
53%
2 km/h
बुध
22 °C
बिहि
28 °C
शुक्र
28 °C
शनि
28 °C
आइत
26 °C
प्रतिक्रिया

प्रतिक्रिया

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ