डा.शेखर कोइरालालाई धनगढीमा १५ किलोको माला

थाइल्याण्ड नेपाल डट्कम
1 मिनेटमा पढ्न सकिने
1 मिनेटमा पढ्न सकिने

धनगढी । सुदूरपश्चिमको भ्रमणमा रहेका नेपाली कांग्रेसका वरिष्ठ नेता डा.शेखर कोइरालालाई धनगढीमा १५ किलोको माला लगाएर स्वागत गरिएको छ ।

नेता कोइरालालाई आगामी १५ औँ महाधिवेशनमा सभापतिका लागि अग्रिम शुभकामना स्वरुप १५ किलोको माला लगाइएको हो । नेता कोइरालालाई धनगढी विमानस्थालमा बाजागाजासहित भव्य स्वागत गरिएको थियो ।

कांग्रेसका वरिष्ठ नेता शेखर कोइरालालाई धनगढी विमानस्थलमा डडेल्धुराका नेता युवराज पाण्डेसहितका डडेल्धुरा कांग्रेसको तर्फबाट १५ किलोको माला लगाएको हो । १५ औं महाधिवेशनका लागि शुभकामना दिदै नेताकार्यकर्ताले कोइरालाको पक्षमा नारा समेत लगाएका थिए ।

स्वागतका लागि धनगढी विमानस्थालमा भेला भएका पार्टी कार्यकर्ताले ‘भावी सभापति डा.कोइराला जिन्दाबाद’, ‘सुदूरपश्चिमले के भन्छ १५ औं महाधिवेशनमा शेखर कोइराला ले भन्छ’ जस्ता कोइरालाको पक्षमा नारा लगाएका थिए । साथै,

स्वागतका लागि थारु सांस्कृति झल्कने पहिरनसहित नृत्य गरिएको थियो । स्वागत गर्ने क्रममा सुदूरपश्चिमको हुड्केली नाच पनि प्रर्दशन गरिएको थियो । 

नेपाली कांग्रेसका पार्टी सभापति शेर बहादुर देउवाको गृह प्रदेशमा कोइरालालाई गरिएको भव्य स्वागतले पार्टीभित्र नयाँ तरंग पैदा गराएको छ ।

सुदूरपश्चिम कांग्रेसी नेता तथा कार्यकर्ताहरु पार्टीभित्र नयाँ नेतृत्व आवश्यकता रहेकाले डा.कोइरालाको भ्रमण सान्दर्भिक भएको कांग्रेस बझाङ जिल्ला कार्यसमिति सदस्य महेश बहादुर मल्लले बताए ।

सेयर: 1
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
मौसम
14°C
Kathmandu
mist
14° _ 14°
94%
बुध
26 °C
बिहि
28 °C
शुक्र
28 °C
शनि
29 °C
आइत
27 °C
ट्याग गरिएको:
प्रतिक्रिया

प्रतिक्रिया

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ