Ad imageAd image

जनकपुरका समर्थकमाथि आक्रमण गर्नेलाई कारवाही गर्न जनमत पार्टीको माग

थाइल्याण्ड नेपाल डट्कम
2 मिनेटमा पढ्न सकिने
2 मिनेटमा पढ्न सकिने

काठमाडौं । डा.सिके राउत नेतृत्वको जनमत पार्टीले जनकपुर बोल्टस्का समर्थकमाथि भएको आक्रमण र अपमानप्रति विरोध जनाउँदै दोषीमाथि कारबाहीको माग गरेको छ ।

शनिबार सम्पन्न एनपीएलको फाइनल खेलपछि काठमाडौंमा विजय उत्सव मनाइरहेका समर्थकलाई लक्षित गर्दै नश्लीय सोचबाट प्रेरित केही व्यक्तिहरूले अपमानजनक शब्द प्रयोग गर्नुका साथै कुटपिट गरेको घटनाले मधेसी समुदायलाई चोट पु¥याएको जनमत पार्टीको भनाइ छ ।

पार्टीका प्रवक्ता शरदसिंह यादवले जारी गरेको विज्ञप्तिमा यस्तो घटनाप्रति गम्भीर ध्यानाकर्षण गर्दै दोषीहरूमाथि तत्काल कारवाहीको माग गरिएको छ ।

‘नेपाल प्रिमियर लिग (एनपीएल) को पहिलो संस्करणमा जनकपुर बोल्ट्सले उपाधि हासिल गरेकोमा जनकपुर बोल्ट्सका खेलाडी, प्रशिक्षक, व्यवस्थापक लगायत सम्पूर्णमा जनमत पार्टी हार्दिक बधाई तथा शुभकामना व्यक्त गर्दछ । तथा सहभागी सबै टिमले उत्कृष्टताका साथ प्रर्दशन गर्दै खेल सम्पन्न गरेकोमा सबैलाई हार्दिक धन्यवाद छ ।

- Advertisement -
Ad imageAd image

एनपीएलको फाइनल खेलपछि काठमाडौंमा विजय उत्सव मनाइरहेका जनकपुर बोल्ट्स समर्थक मधेसी समुदायका मान्छेहरुलाई लक्षित गरेर नश्लीय सोच बोकेका केही युवाहरुद्वारा विभिन्न अपमानजनक शब्द प्रयोग गर्दै गरिएको आक्रमण तथा कुटपिट प्रति जनमत पार्टीको गम्भिर ध्यानाकर्षण भएको छ । यस्ता रंगभेदी क्रियाकलाप गर्ने व्यक्तिहरुको पहिचान गरी गृह प्रशासनले कानूनी दायरामा ल्याई कडाभन्दा कडा कारबाही गर्नको लागि जनमत पार्टी जोरदार माग गर्दछ,’ विज्ञप्तिमा उल्लेख गरिएको छ ।

साथै जनमत पार्टीले घटनाको निष्पक्ष छानबिन गरी पीडितलाई न्याय दिलाउन सरकारसँग आग्रह गरेको छ ।

सेयर: 3
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
मौसम
24°C
Kathmandu
clear sky
24° _ 24°
17%
2 km/h
मंगल
26 °C
बुध
33 °C
बिहि
34 °C
शुक्र
33 °C
शनि
31 °C
ट्याग गरिएको:
प्रतिक्रिया

प्रतिक्रिया

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ