राज संस्थालाई पाखा लगाएदेखि देश संकटमा छ ः अध्यक्ष थापा

थाइल्याण्ड नेपाल डट्कम
1 मिनेटमा पढ्न सकिने
1 मिनेटमा पढ्न सकिने


काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी, (राप्रपा) नेपालका अध्यक्ष कमल थापाले नेपालमा राज संस्थाको आंैचित्य र महत्वलाई गलत भाष्य तयार गरेर बदनाम गर्न खोजिएको आरोप लगाएका छन् ।
राप्रपा नेपालले आयोजना गरेको श्री ५ वीरेन्द्र बहुआयामिक व्यक्तित्व विचार गोष्ठी कार्यक्रममा बोल्दै उनले षडयन्त्रपूर्वक गलत भाष्य तयार गरेर नेपालमा राज संस्थालाई पाखा लगाइएको बताएका हुन् ।
उनले भने, ‘नेपालमा राजसंस्थाको आंैचित्य र महत्वलाई गलत भाष्य तयार गरेर बदनाम गर्न खोजिएको छ । षडयन्त्रपूर्वक गलत भाष्य तयार गरेर नेपालमा राजसंस्थालाई पाखा लगाइयो । बाह्य शक्तिको चलखेल र प्रभाव तिव्र रुपले बढेर गएको छ ।’
साथै उनले राजसंस्थालाई पाखा लगाएदेखि देश संकटै संकटमा अगाडि बढिरहेको बताए । उनले देशले आर्थिक संकट, बेरोजगारी र भ्रष्टाचारमा देश डुबिरहेको बताए ।

सेयर: 1
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
मौसम
23°C
Kathmandu
broken clouds
23° _ 23°
39%
1 km/h
शुक्र
23 °C
शनि
26 °C
आइत
27 °C
सोम
28 °C
मंगल
29 °C
प्रतिक्रिया

प्रतिक्रिया

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ