Ad imageAd image

पोखराको स्वागत गेट भत्काइएकोमा मेयर आचार्यलाई धम्कि

थाइल्याण्ड नेपाल डट्कम
1 मिनेटमा पढ्न सकिने
1 मिनेटमा पढ्न सकिने

पोखरा । पोखरा महानगरपालिका वडा नम्बर १० मा पर्ने औद्योगिक क्षेत्रस्थित ऐतिहासिक स्वागत गेट भत्काइएको छ। 

पृथ्वी राजमार्ग विस्तारका क्रममा पोखरा महानगरपालिकाले ऐतिहासिक स्वागत गेट भत्काएको हो । 

पोखरा महानगरपालिकामा केही दिन अघि भएको सर्वपक्षीय बैठकको सहमति बमोजिम उक्त गेट भत्काइएको पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यले जानकारी दिए।  विकास निर्माणका कार्यमा अवरोध नगर्ने साझा समझदारीका साथ सुरक्षा निकाय, महानगर प्रहरी, र निर्माण कम्पनीको सहकार्यमा यो कार्य सम्पन्न भएको मेयर आचार्यले बताए । तर उक्त स्वागत गेट भत्काइएकोमा सामाजिक संजालमार्फत आफुलाई धम्कि आएको पनि मेयर आचार्यले दाबी गरे। 

उनले उपयुक्त स्थानमा उचित समयमा ऐतिहासिकता कायम नै रहने गरी स्वागत गेट पुनर्निर्माण गरिने प्रतिबद्धता जनाए।

- Advertisement -
Ad imageAd image

मेयर आचार्यले पृथ्वी राजमार्गको  मुग्लिन–पोखरा खण्ड आगामी तीन महिनाभित्र एकतर्फी बनिसक्ने दाबी गरे।  उनले त्यसका लागि ठेकेदार कम्पनीलाई दबाब दिने काम भैरहेको बताए। 

मुग्लिन–पोखरा यसै क्रममा पृथ्वी राजमार्गको एकतर्फी मार्ग विस्तार तीव्र गतिमा अगाडि बढाइएको छ।

पोखरा महानगरपालिकाले सबै सरोकारवालालाई विकास र पूर्वाधार निर्माणका लागि सहकार्य गर्न आह्वान गर्दै व्यवस्थित र समृद्ध पोखरा निर्माणमा साथ दिन आग्रह गरेको छ ।

सेयर: 3
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
मौसम
24°C
Kathmandu
scattered clouds
24° _ 24°
57%
1 km/h
बुध
27 °C
बिहि
27 °C
शुक्र
24 °C
शनि
28 °C
आइत
29 °C
ट्याग गरिएको:
प्रतिक्रिया

प्रतिक्रिया

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ