बकैया कप फुटबल प्रतियोगिताको समापनमा खेल पत्रकार सम्मानित

थाइल्याण्ड नेपाल डट्कम
1 मिनेटमा पढ्न सकिने
1 मिनेटमा पढ्न सकिने

हेटौंडा । मकवानपुरको बकैया गाउँपालिका खेलकुद विकास समितिले छैटौँ संस्करणको बकैया कप फुटबल प्रतियोगिताको समापन समारोहमा खेल पत्रकार दिक्षान्स खड्कालाई सम्मान गरेको छ ।

उनलाई मंगलबार सम्पन्न पाँचौँ संस्करणको बकैया कप फुटबल प्रतियोगिताको समापन समारोह नगद ५ हजार रुपैयाँसहित सम्मान गरिएको हो ।

संचारकर्मी खड्काले हेटौंडामा रहेर बकैया क्षेत्रको हरेक खेलकुद गतिविधिलाई खेलाडी तथा जनमानसमा सम्प्रेषण गरेको भन्दै सम्मान गरिएको बकैया गाउँपालिकाका खेलकुद विकास समितिका अध्यक्ष विजय लामा थिङले बताए ।

खड्कालाई बकैया गाउँपालिका अध्यक्ष धर्मराज लामिछाने लगायतले सम्मानपत्र हस्तान्तरण गरेका हुन् । खड्काले मकवानपुरको खेल क्षेत्रको समाचार सम्प्रेषण गर्ने गरेका छन् ।

सेयर: 3
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
मौसम
19°C
Kathmandu
mist
19° _ 19°
72%
2 km/h
आइत
24 °C
सोम
23 °C
मंगल
24 °C
बुध
25 °C
बिहि
26 °C
ट्याग गरिएको:
प्रतिक्रिया

प्रतिक्रिया

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ