४० जना फरार प्रतिवादी पक्राउ

थाइल्याण्ड नेपाल डट्कम
1 मिनेटमा पढ्न सकिने
1 मिनेटमा पढ्न सकिने

रौतहट । रौतहट प्रहरीले विभिन्न मुद्दामा फरार रहेका ४० जना प्रतिवादीहरूलाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय तथा मातहतबाट खटिएको प्रहरी टोलिले विभिन्न स्थानबाट उनीहरुलाई  पक्राउ गरेको हो ।

अदालतको फैसला कार्यन्वयन अनर्तगत कैद तथा जरिवाना तोकिएका व्यक्तिहरूलाई खोजी गरी कारबाही अघि बढाइएको रौतहट प्रहरी निरीक्षक उमाशंकर प्रसादले बताए ।

उनका अनुसार पक्राउ परेका प्रतिवादीहरूमध्ये कतिपयले कर्तव्य ज्यान ,डाँका चोरी, कुटपिट, गाली बेइज्जती, किर्ते जालसाजी,अपराधिक जस्ता अपराध गरेका छन् ।

कर्तव्य ज्यानमा ४, डाँका चोरीमा १, कुटपिट मुद्दामा ४, गाली गलैंज मुद्दामा १, गाली बेइज्जेतीमा ९, कुटपिटमा ८ , किर्ते जालसाजीमा ६, बिगो १, नकबजनी चोरी १ र अपराधिक उपद्रय ३ जना पक्राउ परेको प्रहरीले उल्लेख गरेको छ ।

पक्राउ परेकाहरुलाई आवश्यक कारवाहीका लागि जिल्ला अदालतमा पठाइएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ । पक्राउ परेका व्यक्तिहरूमध्ये विनोद दासलाई २ वर्ष कैद र २० हजार रुपैयाँ जरिवानासहित अदालतमा उपस्थित गराइएको छ । फरार रहेका अन्य प्रतिवादीहरूलाई पनि चाँडै पक्राउ गर्ने रौतहट प्रहरीले जानकारी दिएको छ ।

सेयर: 2
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
मौसम
18°C
Kathmandu
broken clouds
18° _ 18°
72%
2 km/h
आइत
25 °C
सोम
23 °C
मंगल
25 °C
बुध
25 °C
बिहि
24 °C
ट्याग गरिएको:
प्रतिक्रिया

प्रतिक्रिया

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ