एनकेएललाई ७५ लाखको प्रायोजन

थाइल्याण्ड नेपाल डट्कम
2 मिनेटमा पढ्न सकिने
2 मिनेटमा पढ्न सकिने

काठमाडौं । एस्ट्रोनिक्स म्यानेजमेन्टले नेपाल कबड्डी लिग (एनकेएल) को लागि ‘टाइटल स्पोन्सर’ को रुपमा केबी सामलाई भित्र्याएको छ । फ्रेन्चाइज टिमको अवधारणामा आयोजित प्रतियोगिता अब ‘केबी साम नेपाल कबड्डी लिग’को नामले सञ्चालन हुनेछ ।

नेपाली कबड्डीमा हालसम्मकै सबभन्दा ठूलो प्रतियोगिताको रुपमा केबी साम एनकेएलको पहिलो संस्करण दशरथ रंगशालास्थित कभर्डहलमा शुक्रबार सुरु हुँदैछ, जहाँ ६ सहरका ६ वटा टिमले राउन्ड रोकिन लिग र नकआउट चरण गरी माघ १८ गतेसम्म प्रतिस्पर्धा गर्नेछन् । यसै प्रतियोगिताको टाइटलस स्पोन्सरको सम्झौता एक कार्यक्रमवीच वुधबार भयो ।

टाइटल स्पोन्सरको सम्झौतापत्रमा केबी साम एनकेएलको आयोजक एस्ट्रोनिक्स म्यानेजमेन्टका चेयरमेन अमितकुमार बेगानी र केबी सामका मार्केटिङएन्ड सेल्सका प्रमुख रुपेश थापाले हस्ताक्षर गरे । एस्ट्रोनिक्स म्यानेजमेन्टले एनकेएलको लागि केबी साम आल्मुनियम उत्पादक कम्पनीसँग तीन वर्षे सम्झौता गरेको हो ।

सम्झौताअनुसार केबी सामले बार्षिक ७५ लाख रुपिया एनकेएललाई दिनेछ । यो रकम नेपाली खेलकुद इतिहासकै चौथो ठूलो रकम हो । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट, सहिद स्मारक ए डिभिजन लिग र सूर्य नेपाल गल्फ टुरपछिको सबभन्दा ठूलो प्रायोजन हो । वीरगंजमा कारखाना रहेको केबी सामले २५ वर्षयता देशका सबै जिल्लामा आल्मुनियमको व्यवसाय गर्दै आएको छ ।

एस्ट्रोनिक्स म्यानेजमेन्टका चेयरमेन बेगानीले भने, ‘यो पहिलो वर्ष हो, लगानीको वर्ष हो । नेपाललमा २५–३० हजारले कबड्डी खेल्छन् । हामीसँग उच्चस्तरका खेलाडी छन् । यसले नेपालमा कबड्डीको राम्रो संभावना भएको देखाउँछ । यसैका लागि केबी सामले साथ दिएको हो ।’

केबी सामका मार्केटिङएन्ड सेल्सका प्रमुख रुपेश थापाले भने, ‘पूर्वमेचीदेखि पश्चिम महाकलीसम्म केबी साम विस्तारित छ । कबड्डीमा गरिएको लगानीले कम्पनीको प्रवद्र्धनमा पनि साथ दिनेछ । त्यसैले एनकेएलमा स्पोन्सर गर्दा केबी साम र कबड्डी दुवैलाई फाइदा हुन्छ ।’

सेयर: 3
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
मौसम
20°C
Kathmandu
broken clouds
20° _ 20°
64%
3 km/h
शनि
18 °C
आइत
25 °C
सोम
24 °C
मंगल
25 °C
बुध
25 °C
ट्याग गरिएको:
प्रतिक्रिया

प्रतिक्रिया

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ