Ad imageAd image

एनआरएनएको १०औं एशिया प्यासिफिक क्षेत्रीय सम्मेलन (संगम) कम्बोडियामा हुँदै

थाइल्याण्ड नेपाल डटकम
1 मिनेटमा पढ्न सकिने
1 मिनेटमा पढ्न सकिने

बैंकक- गैरआवासीय नेपाली संघ (एनआरएनए) को आयोजनामा १०औं एशिया प्यासिफिक क्षेत्रीय सम्मेलन (संगम) आगामी मार्च १८ र १९ मा कम्बोडियामा आयोजना हुँदैछ। यस सम्मेलनमा एनआरएनएका संस्थापक अध्यक्ष, पूर्व अध्यक्षहरू, अग्रज तथा अभियन्ताहरूलाई एकै ठाउँमा एकत्रित गरी संघमा देखिएका विवादहरू समाधान गर्ने उद्देश्य राखिएको छ।

एसिया प्यासिफिक एनआरएनएका क्षेत्रीय संयोजक हरिप्रसाद भट्टराईले बताए अनुसार, “हामीहरू टुट्न, फुट्न होइन, जुट्न आवश्यक छ भन्ने हाम्रो मान्यता हो। त्यसैले विश्वभर फैलिएका ८० लाख नेपालीको भावना पूरा गरेर एसिया प्यासिफिकबाट संगमको सन्देश दिने गरी यो सम्मेलन भव्यताका साथ सम्पन्न गर्ने तयारी गरिएको छ।”

सम्मेलनलाई सफल बनाउन विभिन्न आयोजक तथा सल्लाहकार समितिहरू गठन गरी व्यवस्थित रूपमा तयारी अघि बढाइएको छ। संयोजक हरिप्रसाद भट्टराईको नेतृत्वमा १७ सदस्यीय मूल आयोजक समिति गठन गरिएको छ भने सल्लाहकार समितिमा एनआरएनए आइसिसी अध्यक्ष डा. बद्री केसीसहित १३ जना रहेका छन्।

सम्मेलनको आर्थिक व्यवस्थापन र प्राविधिक पक्षमा सहयोग पुर्याउनका लागि छुट्टाछुट्टै समितिहरू गठन गरिएका छन्। यसरी नै, सम्मेलनलाई सफल बनाउन विभिन्न समितिहरूको गठन गरी व्यवस्थित रूपमा तयारी अघि बढाइएको छ।

- Advertisement -
Ad imageAd image
सेयर: 15
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
मौसम
21°C
Kathmandu
scattered clouds
21° _ 21°
74%
1 km/h
बिहि
30 °C
शुक्र
31 °C
शनि
31 °C
आइत
30 °C
सोम
27 °C
ट्याग गरिएको:
प्रतिक्रिया

प्रतिक्रिया

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ