रास्वपा सांसदहरुको अवरोधबीच सभामुखले चलाए संसद

थाइल्याण्ड नेपाल डट्कम
1 मिनेटमा पढ्न सकिने
1 मिनेटमा पढ्न सकिने

काठमाडौं । सभामुख देवराज घिमिरेले प्रतिपक्षी दल रास्वपाको बहिस्कारको बीच संसद बैठक अघि बढाएका छन् । रास्वपा सांसदहरूले अवरोधका बिच सभामुखले बैठक अघि बढाएका हुन् ।

सभामुख घिमिरेले दलगत रुपमा धारणा राख्न समय दिने भन्दै बस्न आग्रह गरिरहे । तर रास्वपा सांसदहरु यथास्थानमा उभिरहे । पछि उनीहरु १५ मिनेटका लागि भन्दै संसद बैठक कक्षबाट बाहिरिएका थिए ।

बैठक सुरु हुने बित्तिकै रास्वपाका सांसदले उठेर अवरोध गरेपछि सभामुख घिमिरेले पटकपटक सांसदहरूलाई आ–आफ्नो स्थानमा बस्न आग्रह गरेका थिए । 

तर, सभामुख घिमिरेले आज दलीय आधारमा बोल्ने समय छुट्याइएकाले त्यसमै आफ्नो धारणा राख्न भनेपछि बैठकमा सवालजवाफ चलेको थियो ।

रास्वपाका सांसदहरुको निरन्तरको अवरोधपछि पनि सभामुख घिमिरेले बैठक अघि बढाएका छन् । सभामुखले बैठक अघि बढाउँदै गर्दापनि रास्वपाका सांसदहरुले भने नाराबाजी गरिरहेका छन् ।

सेयर: 4
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
मौसम
10°C
Kathmandu
mist
10° _ 10°
100%
1 km/h
बिहि
22 °C
शुक्र
21 °C
शनि
24 °C
आइत
25 °C
सोम
26 °C
प्रतिक्रिया

प्रतिक्रिया

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ