विद्युतीय करेन्ट लागेर युवकको मृत्यु

थाइल्याण्ड नेपाल डट्कम

रौतहट । रौतहटको जयनगरमा विद्युतीय करेन्ट लागेर एक युवकको मृत्यु भएको छ । ११ हजार भोल्टको करेन्ट लागेर २५ वर्षीय रामजी साहको मृत्यु भएको हो । विद्युतीय करेन्ट लागेर अचेत भएका साहलाई गरुडामा सामान्य उपचारपछि थप उपचारको लागि एम्बुलेन्सबाट वीरगन्जस्थित गण्डक अस्पताल लगिएको थियो ।

गण्डक अस्पतालका डाक्टरले साहलाई मृत घोषणा गरेको इलाका प्रहरी कार्यालय गरुडाका प्रहरी निरीक्षक ओम प्रकाश यादवले बताए । उनका अनुसार मृतक साहको शव पोस्टमार्टमका लागि नारायणी अस्पताल वीरगन्जमा राखिएको छ ।

मृतक साह गरुडा नगरपालिकामा कार्यरत करारका अमिन हुन् । गरुडा नगरपालिकाको जयनगरमा निर्माणाधीन एक सार्वजनिक घरको नापी गर्न गएको क्रममा घरको छतबाट फोन गर्ने क्रममा भुलवश तार छुँदा साहलाई करेन्ट लागेको अनुमान गरिएको प्रहरीले बताएको छ ।

पालिकाको कर्मचारी साहको निधनले स्तव्ध भएको गरुडा नगरपालिकाका नगर प्रमुख कन्थमणि जैसवालले बताए । घटनाबारे थप अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय गरुडाले जनाएको छ ।

सेयर: 3
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
मौसम
16°C
Kathmandu
broken clouds
16° _ 16°
63%
4 km/h
बुध
14 °C
बिहि
22 °C
शुक्र
22 °C
शनि
24 °C
आइत
25 °C
प्रतिक्रिया

प्रतिक्रिया

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ