तत्काल २० प्रतिशत शेयर जनतामा वितरण गर्न सांसद केसीको माग

थाइल्याण्ड नेपाल डट्कम
1 मिनेटमा पढ्न सकिने
1 मिनेटमा पढ्न सकिने

काठमाडौं । नेपाली कांग्रेसका सांसद अर्जुननरसिंह केसीले नेपाल विद्युत  प्राधिकरण ऐन २०४१ बमोजिम तत्काल २० प्रतिशत शेयर जनतामा वितरण गर्न माग गरेका छन् ।

बिहीबार बसेको प्रतिनिधिसभाको बैठकको शुन्य समयमा बोल्दै उनले नेपाल विद्युत प्राधिकरण ऐन २०४१ बमोजिम सर्वसाधारण जनतालाई सेयर जारी गर्नुपर्नेमा ४० वर्षदेखि हुन नसकेको भन्दै आपत्ति जनाएका हुन् ।

उनले भने, ‘नेपाल विद्युत प्राधिकरण ऐन २०४१ बमोजिम सर्वसाधारण जनतालाई शेयर जारी गर्नुपर्ने यो ४० वर्षदेखि हुन सकेको छैन् । अहिले नेपाल विद्युत प्राधिकरणको झण्डै ७ खर्बको २० प्रतिशत मात्रै शेयर जनतामा वितरण गर्न सक्यौ भने डेढ खर्ब रुपैयाँ जम्मा हुने स्थिति छ । देश विदेशमा रहेको साधन श्रोत अरु ठूला मझौला विद्युतमा राज्यले उपयोग गर्न सक्ने जुन थिति छ । त्यतातिर सरकार मौन छ । तत्काल ४० वर्ष अगाडिको काननुअनुसार २० प्रतिशत शेयर वितरण गरियोस् ।’

सेयर: 2
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
मौसम
17°C
Kathmandu
broken clouds
17° _ 17°
82%
आइत
25 °C
सोम
23 °C
मंगल
25 °C
बुध
25 °C
बिहि
27 °C
प्रतिक्रिया

प्रतिक्रिया

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ