Ad imageAd image

सांसद केसीको प्रश्नः अध्यादेशबाट देश चलाउने यही हो लोकतन्त्र ?

थाइल्याण्ड नेपाल डट्कम
1 मिनेटमा पढ्न सकिने
1 मिनेटमा पढ्न सकिने

काठमाडौं । राष्ट्रिय जनमोर्चाका अध्यक्ष तथा सांसद चित्र बहादुर केसीले संसद समयमा नबोलाउने र अध्यादेशबाट देश चलाउने अप्रजातान्त्रिक पद्दतीको अभ्यास सरकारले गरिरहेको बताएका छन् ।

बिहीबार प्रतिनिधिसभाको बैठकको शुन्य समयमा बोल्दै उनले लोकतन्त्रको लागि हामी लामो समय लडेको भएतापनि त्यसको अभ्यास गर्ने शिलसिलामा राजनीति पार्टीहरु बारम्बार चुकेको बताए ।

उनले भने, ‘दुई वटा ठूला दल मिलेर लोकतन्त्रलाई व्यवस्थित गर्छन भन्ने मैले विचार गरेको थिए । तर अब संसद समयमा नबोलाउने अध्यादेश ल्याएर देश चलाउने यही हो लोकतन्त्र ? यस किसिमको अप्रजातान्त्रिक तरिकाले लोकतन्त्रको लागि हामी लामो समय लड्यौं त्यसको अभ्यास गर्ने शिलसिलामा राजनीति पार्टीहरु बारम्बार चुकेका छन् । यस्तो गर्नु हुँदैन् । संसद बोलाउन छेकेको थियो कस्ले ? संसद नबोलाउने अध्यादेशबाट देश चलाउने यही पद्दती हो भने यो लोकतन्त्र होईन् । यो अप्रजातान्त्रिक पद्दती हो ।’

सेयर: 4
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
मौसम
25°C
Kathmandu
scattered clouds
25° _ 25°
61%
3 km/h
मंगल
26 °C
बुध
28 °C
बिहि
24 °C
शुक्र
21 °C
शनि
19 °C
प्रतिक्रिया

प्रतिक्रिया

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ