नेपाली समाजले आवश्यकता अनुसार प्रगति गर्न सकेन् : श्रेष्ठ

थाइल्याण्ड नेपाल डट्कम
2 मिनेटमा पढ्न सकिने
2 मिनेटमा पढ्न सकिने

पाल्पा । नेकपा माओवादी केन्द्रको वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठले सामाजिक, आर्थिक रुपान्तरणको क्षेत्रमा नेपाली समाजले आवश्यकता अनुसारको काम गर्न नसकेको बताएका छन् ।

शनिबार माओवादी केन्द्र तानसेन नगर समिति, पाल्पाको तेस्रो नगर अधिवेशनलाई सम्बोधन गर्दै उनले केहीपनि भएको छैन् भन्ने होईन, निश्चित रुपमा प्रगती भएपनि जति हुनुपर्ने त्यति नभएको बताए ।

उनले भने, ‘सामाजिक, आर्थिक रुपान्तरणको क्षेत्रमा, विकास र समृद्धिको क्षेत्रमा, जति फड्को मार्नुपर्ने हो त्यति नेपाली समाजले मार्न सकेको छैन् । केही पनि भएको छैन् भन्ने होईन, निश्चित रुपमा प्रगती भएका छन्, सुधार भएका छन् । तर यति धेरै राजनीतिक परिवर्तन भयो, हजार सहिदको बलिदानको मूल्यमा र जनताको यति ठूलो संघर्षको परिणाम स्वरुप ठूलो राजनीतिक परिवर्तन भयो, राजनीतिक परिवर्तनले दिएको अधिकारहरु उपभोग गर्न त पायौं, तर जति हुनुपर्ने भएको छैन् ।’

यसको साथै, उनले देश र जनताको पक्षमा काम गर्न, सामाजिक आर्थिक रुपान्तरणको प्रक्रियालाई अगाडि बढाउन र समाजवादको आधार तयार पार्न सरकार र सदनमा भूमिका खेल्ने बताए ।

उनले भने, ‘हामी सरकारमा जान चाहन्छौ, देश र जनताको पक्षमा काम गर्न, सामाजिक आर्थिक रुपान्तरणको प्रक्रियालाई अगाडि बढाउन र समाजवादको आधार तयार पार्न र हामी सदनमा पनि यसैको लागि भूमिका खेल्न चाहन्छौ । हामी सबै ठाँउमा देश र जनताको पक्षमा काम गर्नको लागि जान चाहन्छौं । जनतासँगै जोडिएर जागरण अभियान, जनदबाब र जनसंघर्ष पनि अगाडि बढाउन चाहन्छौ ।’

सेयर: 3
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
मौसम
22°C
Kathmandu
broken clouds
22° _ 22°
49%
3 km/h
शनि
20 °C
आइत
25 °C
सोम
24 °C
मंगल
25 °C
बुध
25 °C
प्रतिक्रिया

प्रतिक्रिया

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ