Ad imageAd image

श्री भद्रेश्वर आधारभूत विद्यालयमा अंग्रेजी माध्यम कक्षा संचालन, 2082 देखि भर्ना खुला

दिनेश बुढाथोकी
1 मिनेटमा पढ्न सकिने
1 मिनेटमा पढ्न सकिने

शैलुंग, दोलखा – दोलखाको शैलुंग-७, साउतेस्थित श्री भद्रेश्वर आधारभूत विद्यालय आगामी 2082 शैक्षिक सत्रदेखि अंग्रेजी माध्यममा अध्ययन–अध्यापन सुरु गर्न लागिरहेको छ। विद्यालयले निःशुल्क रूपमा अंग्रेजी माध्यम कक्षाहरू सञ्चालन गर्ने निर्णय गरेको छ, जसले स्थानीय विद्यार्थीहरूलाई गुणस्तरीय शिक्षा प्रदान गर्न सहयोग पुग्नेछ।

विद्यालय प्रशासनका अनुसार, 2082 सालको वैशाख महिनादेखि नयाँ भर्ना खुला गरिनेछ, जसअन्तर्गत प्राथमिक तहका विद्यार्थीहरूलाई अंग्रेजी माध्यममा शिक्षण गराइनेछ। विद्यालयको यो नयाँ कदमले स्थानीय समुदायका अभिभावकहरूलाई ठूलो राहत मिल्ने अपेक्षा गरिएको छ।

विद्यालयमा अध्ययन गर्न इच्छुक विद्यार्थी तथा अभिभावकहरूले थप जानकारीका लागि प्र.अ. कृष्ण बहादुर बुढाथोकी (९८६३६७६५४८) संग सम्पर्क गर्न सक्नेछन्।

शिक्षामा सुधारको प्रयास

श्री भद्रेश्वर आधारभूत विद्यालयले अंग्रेजी माध्यममा अध्ययन सुरु गर्ने निर्णय स्थानीय विद्यार्थीहरूको शैक्षिक स्तर उकास्न र गुणस्तरीय शिक्षा प्रदान गर्न गरिएको विद्यालय प्रशासनले जनाएको छ।

- Advertisement -
Ad imageAd image

स्थानीय तथा अभिभावकहरूले विद्यालयको यो निर्णयलाई सकारात्मक रुपमा लिएका छन्। अंग्रेजी माध्यमले विद्यार्थीहरूको भविष्य उज्यालो बनाउने विश्वास अभिभावकहरूले व्यक्त गरेका छन्।

2082 वैशाखदेखि भर्ना खुला भएकाले इच्छुक अभिभावक तथा विद्यार्थीलाई समयमै सम्पर्क गर्न अनुरोध गरिएको छ।

सेयर: 106
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
2
+1
1
+1
0
+1
0
+1
0
+1
0
+1
0
मौसम
18°C
Kathmandu
mist
18° _ 18°
100%
1 km/h
सोम
27 °C
मंगल
27 °C
बुध
28 °C
बिहि
22 °C
शुक्र
18 °C
संवाददाता
प्रतिक्रिया

प्रतिक्रिया

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ