शनिबारबाट सातौँ बागमती गोल्डकप राष्ट्रिय फुटबल प्रतियोगिता सुरु हुँदै

थाइल्याण्ड नेपाल डट्कम
1 मिनेटमा पढ्न सकिने
1 मिनेटमा पढ्न सकिने

मकवानपुर । मकवानपुरको बागमती गाँउपालिका शनिबारबाट सातौँ बागमती गोल्डकप राष्ट्रिय फुटबल प्रतियोगिता सुरु हुँदैछ ।

मकवानपुरको बागमती गाउँपालिका झुरझुरे स्थित सहिद स्मृति रंगशालामा हुने प्रतियोगिताको उद्घाटन खेलमा मोफसलको बागमती युथ क्लब सर्लाही र बागमती गाउँपालिका खेलकुद विकास समिति भिड्ने भएका छन् ।

प्रतियोगितामा ए डिभिजनको डिफेन्डिङ च्याम्पियन मछिन्द्र सहित संकटा क्लब , थ्री स्टार क्लब, त्रिभुवन आर्मी, एफिएफ क्लब र चर्च व्वाई क्लबको सहभागिता रहने छ भने आयोजक सहित मोफसलको थप तीन क्लबहरुलो सहभागीता रहनेछ ।

प्रतियोगिताको विजेता टोलिले नगद १० लाख, उपविजेताले नगद ५ लाख सहित ट्रफी प्राप्त गर्नेछन् । प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीले नगद १ लाख १ हजार तथा विधागत उत्कृष्ट खेलाडीले नगद २५ हजारको दरले नगद प्राप्त गर्नेछन् । प्रतियोगिताको हरेक खेलको म्यान अफ द म्याचले नगद १० हजार प्राप्त गर्ने आयोजकले जनाएको छ ।

प्रतियोगिता सम्पन्न गर्नको लागि आओजकले ७३ लाख रुपैयाँ खर्च हुने अनुमान गरेको छ । उक्त खर्च व्यवस्थापनको लागि गाउँपालिकाले ३० लाख रुपैयाँ बजेट विनियोजन गरेको छ भने बाकी रकम आयोजक समितिले व्यवस्थापन गर्नेछ ।

सेयर: 11
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
मौसम
15°C
Kathmandu
haze
15° _ 15°
67%
1 km/h
शुक्र
22 °C
शनि
22 °C
आइत
21 °C
सोम
23 °C
मंगल
24 °C
प्रतिक्रिया

प्रतिक्रिया

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ