नेपाल-भारत अन्तरदेशीय पेट्रोलियम पाइपलाइन सञ्चालनमा

थाइल्याण्ड नेपाल डट्कम
1 मिनेटमा पढ्न सकिने
1 मिनेटमा पढ्न सकिने

बाराः बहुप्रतिक्षित परियोजनाको रुपमा रहेको नेपाल–भारत अन्तरदेशीय मोतीहारी–अमलेखगञ्ज पेट्रोलियम पाइपलाइन परियोजना पुर्ण रुपमा सञ्चालनमा आएको छ । दुई चरणमा सम्पन्न परियोजनाको दोस्रो चरणअन्तर्गत भारतको मोतीहारीदेखि बाराको अमलेखगञ्ज डिपोमा पाइपलाइनबाट पेट्रोल र मट्टितेल पनि आयात गरी नेपाल आयल निगमले वितरण शुरु गरेको हो ।

२०७६ भदौ २४ गते पहिलो चरणमा डिजल आयात गरिएको उक्त पाइपलाइनमार्फत प्रति घण्टा ३ सय किलोलिटर पेट्रोलियम पदार्थ आयात गर्न सकिने छ । परियोजनाले अमलेखगञ्ज डिपोमा पूर्ण अटोमेसन लोडिङ गर्न २४ वटा लोडिङ वे मा ३६ वटा फिलिङ पोइन्ट बनाइएको छ ।

प्रादेशिक डिपो अमलेखगञ्जका प्रमुख प्रलंयकर आचार्यले दोस्रो चरणको काम सम्पन्न भएसँगै पाइपलाइनबाट आयातित पेट्रोल नेपालको प्रमुख शहरका डिपोमा औपचारिक रुपमा वितरण थालिएको बताए । योसँगै टयांकरमार्फत हुने ८० प्रतिशत पेट्रोलियम पदार्थहरुको ढुबानी तथा प्राविधिक नोक्सानी अन्त्य हुने नेपाल आयल निगमले जनाएको छ ।

सेयर: 2
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
मौसम
16°C
Kathmandu
few clouds
16° _ 16°
67%
5 km/h
बिहि
14 °C
शुक्र
22 °C
शनि
22 °C
आइत
22 °C
सोम
23 °C
प्रतिक्रिया

प्रतिक्रिया

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ