राष्ट्रपति रामचन्द्र पौडेलले हस्तकला उद्योगबाट उत्पादित वस्तुहरूको बजार विस्तार गर्न सरकारका सम्पूर्ण निकायले काम गर्नुपर्ने बताउनुभएको छ । काठमाडौँमा आज आयोजित २०औँ हस्तकला व्यापार मेला तथा १८औँ हस्तकला प्रतियोगितामा राष्ट्रपति पौडेलले हस्तकला उद्योग व्यवसायको उत्थानबाट नेपालको पहिचान एवं गरिमालाई अन्तर्राष्ट्रिय स्तरमा प्रवद्र्धन गर्न सकिने बताउनुभयो ।
राष्ट्रपति पौडेलले नेपाली हस्तकलाका धेरै सामग्रीहरू विभिन्न जातजातिको पुर्ख्यौली पेशा र सीपमा आधारित भएकाले सजिलै यसको नक्कल हुन नसक्ने र यसको प्रतिलिपि अधिकार पनि समयमा नै सुरक्षित गर्नेतर्फ ध्यान दिनुपर्ने बताउनुभयो ।
राष्ट्रपति पौडेलले झण्डै ११ लाखले यो क्षेत्रबाट रोजगारी पाइरहेको र करिब ८५ देशमा हस्तकला वस्तुहरूको निकासी भएको समेत जानकारी दिनुभयो । कार्यक्रममा राष्ट्रपति पौडेलले प्रदर्शनीमा राखिएका विभिन्न स्टलहरूको अवलोकन गर्नुभयो । सो अवसरमा राष्ट्रपति पौडेलले उत्कृष्ट हस्तकला निर्यात कर्तालाई सम्मान गर्नुभयो ।