एजेन्सी । सदस्यताको विषय छलफल सुरु गर्ने सहमति बनेको केही घण्टापछि नै हंगेरीले युक्रेनका लागि युरोपियन युनियन (ईयू) को ५० अर्ब युरो बराबरको सहायता रोकेको छ । हंगेरीका प्रधानमन्त्री भिक्टोर ओरबानले सामाजिक सञ्जालमार्फत युक्रेनलाई थप रकम प्रदान गर्ने निर्णयमा भिटो प्रयोग गरेको जानकारी दिएका हुन् । ईयूका नेताहरूले युक्रेनका लागि आर्थिक सहायताबारेको छलफल अब अर्को वर्षको सुरुवातबाट पुनः सुरु गरिने बताएका छन् । रुसविरुद्धको युद्धमा युक्रेन ईयू र अमेरिकाको आर्थिक सहायतामा निर्भर रहेको छ । ईयूका नेताहरूले बिहीबार युक्रेन र मोल्डोभासँग सदस्यताबारे छलफल सुरु गर्ने निर्णय गरेसँगै ओरबानले सहायता रकम रोक्न भिटो प्रयोग गरेको जानकारी दिएका थिए । हंगेरीले लामो समयदेखि युक्रेनलाई ईयूको सदस्यता दिने विषयमा आपत्ति जनाउँदै आएको छ । तर, उसले यसमा भने भिटो प्रयोग गरेन । युरोपियन काउन्सिलका अध्यक्षका प्रवक्ताले यो निर्णय सर्वसम्मत रूपमा गरिएको जानकारी दिए । युक्रेनका लागि राष्ट्रपति भ्लादोमिर जलेन्स्कीले सदस्यताका लागि छलफल सुरु गर्ने ईयूको निर्णय आफ्नो देश र युरोपका लागि जीत भएको दाबी गरे ।
हंगेरीले रोक्यो युक्रेनकालागि ५० अर्ब युरोको सहयोग

प्रतिक्रिया
ट्रेन्डिङ
बाढी पीडितको राहत रकममा एनआरएनए थाइल्याण्डको ठूलो आर्थिक अनियमितता: सरकारको एकद्वार प्रणाली लत्याउँदै व्यक्तिगत संयुक्त खाता प्रयोग, १३ लाख ९० हजार भाट अझै हिनामिना गरिएको आशंका
थाइल्याण्ड- नेपालमा हालै आएको विनाशकारी बाढी-पहिरो पीडितका नाममा थाइल्याण्डबाट संकलित लाखौँ रुपैयाँमा गैरआवासीय नेपाली संघ…
उपत्यकाव्यापी दोस्रो चन्द्रागिरि नायः खिं बाजा प्रदर्शन तथा विविध सांस्कृतिक कार्यक्रम २०८३ आयोजना हुँदै
काठमाडौँ- नेपालको मौलिक कला, संस्कृति तथा परम्परागत बाजागाजाको संरक्षण र प्रवर्द्धन गर्ने उद्देश्यका साथ चन्द्रागिरि…

