राप्रपाले प्रदेशस्तरीय आमसभा गर्ने

थाइल्याण्ड नेपाल डट्कम
1 मिनेटमा पढ्न सकिने
1 मिनेटमा पढ्न सकिने

काठमाडौं ।  राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले यही फागुन महिनामा प्रदेशस्तरीय आमसभा गर्ने भएको छ ।

पार्टीको केन्द्रीय कार्यसमितिको हालै सम्पन्न बैठकले माघ र फागुन महिनामा देशका विभिन्न शहरमा साना ठूला सभाहरू गर्ने र चैतमा काठमाडौं केन्द्रित आन्दोलन गर्ने निर्णय गरेको थियो ।

सोही अनुसार राप्रपाले यही फागुन ९ गते गण्डकी प्रदेशको पोखरा, फागुन २१ गते जनकपुर, १७ गते बुटवल, १९ गते  सुदूरपश्चिमको धनगढीमा आमसभा गर्न लागेको छ ।

यसैगरी फागुन २५ गते काठमाडौं र फागुन २७ गते सुर्खेतमा  प्रदेश स्तरीय बृहत आमसभा गर्न लागेको हो ।

राप्रपा हिन्दु राष्ट्र र राजसंस्थाको पुनःस्थापना, प्रदेश संरचनाको खारेजी, प्रत्यक्ष निर्वाचित कार्यकारी प्रधानमन्त्रीको पक्षमा उभिँदै आएको छ ।

सेयर: 6
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
मौसम
20°C
Kathmandu
scattered clouds
20° _ 20°
45%
2 km/h
शुक्र
22 °C
शनि
22 °C
आइत
21 °C
सोम
23 °C
मंगल
24 °C
प्रतिक्रिया

प्रतिक्रिया

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ