Ad imageAd image

महाशिवरात्रि: पशुपति क्षेत्रमा मासु, मदिरा र नसालु पदार्थ निषेध

सञ्जु शर्मा
1 मिनेटमा पढ्न सकिने
1 मिनेटमा पढ्न सकिने

काठमाडौंः काठमाडौँ जिल्ला प्रशासन कार्यालयले महाशिवरात्रि पर्व, २०८१ लाई अनुशासित, मर्यादित तथा व्यवस्थित बनाउन पशुपतिनाथ क्षेत्र र वरपर मासु, मदिरा तथा नसालु पदार्थ बिक्री, वितरण तथा सेवन पूर्ण रूपमा निषेध गरेको छ।

काठमाडौँका प्रमुख जिल्ला अधिकारी ऋषिराम तिवारीले एक सूचना जारी गर्दै मासु, मदिरा तथा नसालु पदार्थहरूको उत्पादन, बिक्री(वितरण, ओसारपसार, भण्डारण तथा सेवन गर्न नपाइने बताएका छन्।

निषेधाज्ञा उल्लंघन गरे कानुनी कारबाही
प्रजिअ तिवारीले सूचनाको उल्लंघन गरेमा कानुनी कारबाही हुने चेतावनी दिएका छन्। आजदेखि बिहीवारसम्म चार दिन पशुपति क्षेत्र तथा वरपरका विभिन्न स्थानहरूमा यस्ता पदार्थको कारोबार तथा सेवन पूर्ण रूपमा रोक लगाइएको छ।

निषेधित क्षेत्रहरू
निषेधाज्ञा लागू हुने क्षेत्रहरूमा निम्न स्थानहरू समेटिएका छन्स्

- Advertisement -
Ad imageAd image

🔹 गौशाला–मित्रपार्क सडकदेखि पूर्व
🔹 पशुपति क्षेत्रको पूर्वी सिमानादेखि पश्चिम
🔹 गौशाला तिलगंगा चक्रपथदेखि उत्तर
🔹 मित्रपार्क, उमाकुण्ड, गौरीघाट हुँदै गुह्येश्वरीदेखि दक्षिण

पशुपति क्षेत्रको पवित्रता कायम गर्न आग्रह
प्रशासनले महाशिवरात्रि पर्वको पवित्रता, धार्मिक वातावरण तथा भक्तजनहरूको सहजता कायम राख्न यो निर्णय गरिएको जनाएको छ। महाशिवरात्रिका अवसरमा पशुपतिनाथ मन्दिरमा लाखौँ भक्तजनको आगमन हुने भएकाले सुरक्षालाई ध्यानमा राख्दै स्थानीय प्रशासनले कडाइ गरिएको स्पष्ट पारेको छ।

सेयर: 5
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
मौसम
24°C
Kathmandu
overcast clouds
24° _ 24°
83%
1 km/h
बिहि
24 °C
शुक्र
25 °C
शनि
23 °C
आइत
26 °C
सोम
23 °C
संवाददाता
प्रतिक्रिया

प्रतिक्रिया

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ