बाह्य अनुदानमा भर नपरी आत्मनिर्भरताको बाटोमा लाग्न आवश्यक : प्रधानमन्त्री ओली

थाइल्याण्ड नेपाल डट्कम
1 मिनेटमा पढ्न सकिने
1 मिनेटमा पढ्न सकिने

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले बाह्य अनुदानमा भर नपरी आत्मनिर्भरताको  बाटोमा लाग्न गैह्रसरकारी संस्थाहरुलाई आग्रह गरेका छन् ।

सोमबार गैह्रसरकारी संस्था महासंघको ११ औं महाधवेशन तथा नागरिक सम्मेलनको उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले विश्वव्यापीकरणको अवस्थामा सबै काम एक्लै गर्न नसकिने स्थिति भए पनि उर्बर नेपाली भूमिलाई प्रयोग गरेर उत्पादन र उत्पादकत्व वृद्धि गर्नुपर्नेमा जोड दिए ।

प्रधानमन्त्री ओलीले सामाजिक संस्थाले असफलताको मात्र नभइ सफलता,आशा र उपलब्धिको चर्चा गर्न सुझाव दिँदै विकासको प्रयासमा कुनै प्रकारको अवरोध सृजना हुन नदिने स्पष्ट गरे ।

राजतन्त्र पक्षधरको आइतबारको कार्यक्रमलाई लक्ष्य गर्दै उनले भने,‘एउटा जुलुश निकाल्नुपर्यो भने विदेशीको तस्बिर राख्नुपर्ने नाजुक अवस्थामा हामी छैनौं । अलोकतान्त्रिक, प्रणालीविरोधी र असम्वैधानिक कुराहरूमा लाग्ने हामीलाई फुर्सद छैन । हामी हरेक दिन एक कदम अगाडि भन्ने सोचका साथ समृद्ध नेपालको यात्रामा छौं ।’

सेयर: 3
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
मौसम
16°C
Kathmandu
broken clouds
16° _ 16°
94%
1 km/h
बिहि
28 °C
शुक्र
28 °C
शनि
28 °C
आइत
27 °C
सोम
23 °C
प्रतिक्रिया

प्रतिक्रिया

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ