परिक्रमा क्षेत्रमा मासु मदिरामा प्रतिबन्ध

थाइल्याण्ड नेपाल डट्कम
1 मिनेटमा पढ्न सकिने
1 मिनेटमा पढ्न सकिने

जनकपुर । धार्मिक तथा सांस्कृतिक महत्वलाई ध्यानमा राख्दै जिल्ला प्रशासन कार्यालय धनुषाले परिक्रमा क्षेत्रमा माछा मासु मदिरा विक्रि वितरण तथा सेवनमा प्रतिबन्ध लगाएको छ ।

जिल्ला प्रशासन कार्यालयले एक सूचना जारी गर्दै फागुन २८ गते राति १२ः०० बजेदेखि चैत १ गते दिउँसो १२ः०० बजेसम्म परिक्रमा क्षेत्र र वरपरका स्थानहरूमा माछा मासु तथा मदिरा विक्री, वितरण र सेवनमा पूर्ण प्रतिबन्ध लगाएको हो ।

प्रमुख जिल्ला अधिकारी रामु राज कडरीयाको निर्देशनअनुसार, परिक्रमा क्षेत्रमा शान्ति सुव्यवस्था कायम राख्न तथा धार्मिक अनुशासन पालना गराउन उक्त निर्णय लिइएको हो ।

प्रशासनले आम सर्वसाधारणलाई यस नियमको पूर्ण पालना गर्न अनुरोध गरेको छ । उल्लङ्घन गर्नेहरूमाथि कानूनी कारबाही गरिने चेतावनी दिँदै, प्रशासनले स्थानीय व्यापारी, श्रद्धालु तथा सुरक्षाकर्मीहरूलाई सहयोग गर्न आह्वान गरेको छ ।

सेयर: 5
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
मौसम
17°C
Kathmandu
broken clouds
17° _ 17°
82%
शुक्र
27 °C
शनि
28 °C
आइत
27 °C
सोम
25 °C
मंगल
25 °C
प्रतिक्रिया

प्रतिक्रिया

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ