Ad imageAd image

मुगुमा पाइने बहुमूल्य जडीबुटी पछिल्लो समय घट्दो

थाइल्याण्ड नेपाल डट्कम
2 मिनेटमा पढ्न सकिने
2 मिनेटमा पढ्न सकिने

मुगु । जडीबुटीको खानीका रूपमा परिचित मुगु जिल्ला लगायत कर्णाली प्रदेशका अन्य जिल्लाहरुमा पाईने  बहुमूल्य जडीबुटी पछिल्ला बर्षहरुमा घट्दै गएको छ ।

कर्णालीका १० वटै जिल्लामा ५ हजारभन्दा बढी प्रजातिका जडीबुटी पाइने भण्डार प्रदेश भए पनि मुगु लगायत हुम्ला ,कालीकोट,जुम्ला, डोल्फा,जाजरकोट,रुकुम लगायतका जिल्लाहरुका अहिले पाइने जडीबुटीको संख्या घट्दै गएको हो ।

बनपाखामा पाईने बहुमूल्य यार्सागुम्बा, टिमुर, सतुवा, पाखनबेद, पदमचाल, सिताल्चिनी, डाले चुक, चिराइतो, कयर, कुरिलो, कटुको, बायजडी, बोजो,घुच्चीच्याउ,सुगन्धवाल,सेतकचीनी धुपी,वन लसुन,राताच्याउ,कालादान,जिम्बु , अतिस,जटामसी,बिषजरा,लगायतका जडीबुटीहरु  ,जलवायु परिवर्तन, आगलागी, प्रविधिको अभाव, अत्यधिक दोहन तथा चोरी निकासी, अवैधरुपमा विकास निमार्णका संरचना निमार्ण गर्नु, फल नपाक्दै जडीबुटी टीप्नु, खुल्ला पशु बस्तु चरीचराउका कारण बहुमुल्य जडीबुटी दिन प्रतिदिन लोप हुँदै गएको हो ।

जडीबुटीहरुको संरक्षणको लागि स्थानिय सरकार र डिभिजन बन कार्यालयले जडीबुटीको संरक्षणमा कुनै पनि पहल गरेको छैन । डिभिजन बन कार्यालय मुगुले बन पाखाहरुमा जडीबुटीको पछिल्लो उत्पादनको  अवस्था कस्तो छ भन्ने  नबुझेर जडिबुटी संकलनको लागि अनुमति मात्र दिने गरेको छ ।

- Advertisement -
Ad imageAd image

परापूर्वकालदेखि वन क्षेत्रमा पाइने महत्वपूर्ण जडीबुटी संरक्षण नहुँदा लोप हुने अवस्थामा रहेको छ  ।

बिगतका बर्षहरुमा घर छेउचाउमा बिभिन्न प्रकारका जडिबुटी पाईने गरेका थिए अहिले घर देखी १ दिन हिडेर गए पछि मात्र जडिबुटी पाईने छाँयानाथ रारा नगरपालिका १४ बामका रत्न बढुवालले बताए ।

नेपाल सरकारको प्राथमिकतामा परेका ३३ प्रजाति जडीबुटीमध्ये कर्णालीमा २७ प्रजातिका जडीबुटी पाइन्छन् भने मुगुबाट मात्र प्रत्येक  बर्ष २४ देखि ३० प्रकारका जडीबुटीहरुको कारोवार हुने गरेको देखिन्छ ।

कार्यालयको ५ बर्षिय योजना अनुसार कुन जडीबुटी कति निकासा दिने भन्ने योजना अनुसार जडीबुटी संकलनको लागि अनुमति दिने गरेको र जडीबुटी बनजङ्खल,बन्यजन्तु संरक्षण गर्नको लागि जिल्लामा रहेका सरोकारवालाहरुसंग सहकार्य भई नियमित काम भईरहेको डिभिजन बन कार्यालय मुगुका जीतेन्द्र महतले बताए  ।

सेयर: 1
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
मौसम
20°C
Kathmandu
broken clouds
20° _ 20°
88%
4 km/h
मंगल
20 °C
बुध
22 °C
बिहि
24 °C
शुक्र
25 °C
शनि
25 °C
ट्याग गरिएको:
प्रतिक्रिया

प्रतिक्रिया

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ