बोहराको पार्थिव शरीर भैरहवा लगिंदै, बुधबार पशुपतिमा अन्त्येष्टि गरिने

थाइल्याण्ड नेपाल डट्कम
1 मिनेटमा पढ्न सकिने
1 मिनेटमा पढ्न सकिने

काठमाडौं । प्रतिनिधिसभा सदस्य तथा राप्रपाका वरिष्ठ नेता दिपक बोहराको अन्त्येष्टि भोलि बुधबार मात्र हुने भएको छ ।

राप्रपा प्रवक्ता मोहन श्रेष्ठका अनुसार मंगलबार ओम अस्पतालमा निधन भएका ७४ बर्षीय वोहराको पार्थिव शरीरलाई अहिले आज मंगलबार गृहनगर भैरहवा लगिने र आजै साँझ काठमाण्डौं ल्याइने राप्रपा प्रवक्ता मोहन श्रेष्ठले जानकारी दिए ।

रुपन्देही क्षेत्र नम्बर ३ बाट प्रतिनिधिसभा निर्वाचनमा विजयी भएका थिए । लामो समयदेखि घाँटीको समस्याबाट पीडित उनी पछिल्लो समय पेटको समस्याबाट समेत पीडित थिए।

‘उहाँको पार्थिव शरीरलाई अहिले उहाँको गृहनगर भैरहवा लगिनेछ र आजै साँझ काठमाण्डौं ल्याइनेछ। उहाँप्रति अन्तिम श्रद्धाञ्जलीका लागि भोलि दिउँसो १ः०० बजेदेखि ४ः०० बजेसम्म राप्रपा केन्द्रीय कार्यालय चाबहिलमा राखिनेछ । स्व.बोहराको भोलि बुधबार नै पशुपति आर्यघाटमा अन्तिम संस्कार गरिनेछ,’ श्रेष्ठले भने ।

सेयर: 13
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
मौसम
22°C
Kathmandu
broken clouds
22° _ 22°
25%
1 km/h
बिहि
22 °C
शुक्र
21 °C
शनि
24 °C
आइत
25 °C
सोम
26 °C
प्रतिक्रिया

प्रतिक्रिया

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ