राप्रपा केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्दै

थाइल्याण्ड नेपाल डट्कम
1 मिनेटमा पढ्न सकिने
1 मिनेटमा पढ्न सकिने

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को केन्द्रीय कार्यसम्पादन समिति बैठक बिहीबार बस्दैछ । बैठक बिहान ११ बजे पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा बस्ने छ ।

बैठकमा समसामयिक राजनीतिक घटनाक्रम, वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्र र महामन्त्री तथा सांसद धवल शमशेर राणालगायतको पक्राउ, आगामी आन्दोलनको विविध पक्षलगायत विषयमा छलफल हुने जनाइएको छ ।

गत चैत १५ गते काठमाडौंको तीनकुनेमा भएको राजावादीको आन्दोलनका क्रममा मिश्र र राणा पक्राउ परेका थिए । राप्रपाले उनीहरूको रिहाइको माग गर्दै आएको छ । राप्रपाले यही वैशाख ७ गते काठमाडौं केन्द्रित आन्दोलन गर्दैछ ।

राप्रपाले राजसंस्था पुनस्र्थापना, सङ्घीयता खारेजीलगायत विषयमा अध्यक्ष राजेन्द्र लिङ्देनकै नेतृत्वमा चैत २६ गते काठमाडौंको बल्खुमा प्रदर्शन तथा खबरदारी सभा गरेको थियो ।

सेयर: 2
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
मौसम
9°C
Kathmandu
mist
9° _ 9°
100%
2 km/h
शुक्र
22 °C
शनि
22 °C
आइत
21 °C
सोम
23 °C
मंगल
24 °C
प्रतिक्रिया

प्रतिक्रिया

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ