एनआरएनएको निर्वाचन गराउन निर्वाचन समिति सक्रिय

थाइल्याण्ड नेपाल डट्कम
1 मिनेटमा पढ्न सकिने
1 मिनेटमा पढ्न सकिने

काठमाडौं । यही वैशाख २० देखि २२ गते सम्म ( मे ३–५, २०२५) मा काठमाडौंमा हुन गइरहेको गैर आवासीय नेपाली संघ (एनआरएनए) को एकता महाधिवेशनको क्रममा नयाँ कार्यसमितिको निर्वाचन गर्नका लागि तयारी भई रहेको निर्वाचन समितिले जनाएको छ ।

‘निर्वाचनको लागि हामीले आवश्यक तयारी गर रहेका छौँ । एनआरएनए उच्चस्तरीय समितिबाट मतदाता (डेलिगेट) को अन्तिम सूची प्राप्त हुनासाथ निर्वाचनको कार्य तालिका प्रकाशन गर्ने छौँ,’ प्रमुख निर्वाचन आयुक्त वरिष्ठ अधिवक्ता गोपाल कृष्ण घिमिरेले बताए ।

उनले संघको विधानको मर्म तथा उच्चस्तरीय समितिले पारित गरेको कार्यविधिको आधारमा पारदर्शी र कानुन सम्मत तरिकाले निर्वाचन सम्पन्न गरिने बताए ।

सम्मानित सर्वोच्च अदालतको परमादेश अनुसार एकता महाधिवेशन सम्पन्न गर्न र नयाँ कार्यसमिति (अन्तर्राष्ट्रिय समन्वय परिषद्) को चुनाव गराउनका लागि  वरिष्ठ अधिवक्ता घिमिरे प्रमुख निर्वाचन आयुक्त र अधिवक्ता आशिष उप्रेती तथा सेवा निवृत्त मेजर डमर घले सदस्य रहेका तीन सदस्यीय निर्वाचन समिति गठन गरिएको छ । महाधिवेशनमा भाग लिन प्रतिनिधिहरू काठमाडौं आउने क्रम जारी छ ।

उच्चस्तरीय समितिले सोमवार एक पत्रकार सम्मेलन गर्दै महाधिवेशनको लागि तयारी अन्तिम चरणमा पुगेको जानकारी दिएको छ ।

सेयर: 7
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
मौसम
14°C
Kathmandu
scattered clouds
14° _ 14°
67%
मंगल
14 °C
बुध
22 °C
बिहि
23 °C
शुक्र
24 °C
शनि
25 °C
ट्याग गरिएको:
प्रतिक्रिया

प्रतिक्रिया

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ