काठमाडौं। नेपाल सुपर लिग (एनएसएल) २०२३ मा आज दुई खेल हुँदैछ ।आज पोखरा थण्डर्स र ललितपुर सिटी एफसीलाई शीर्ष स्थानमा उक्लेन अवसर छ भने एनएसएलको नयाँ टोली स्पोर्टिङ इलाम आफ्नो अन्तिम खेल खेल्दैछ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा दिउँसो तीन बजे हुने खेलमा इलामले ललितपुर सिटीको सामना गर्नेछ । यस सिजन अपराजित दुईमध्ये एक ललितपुर ६ खेलबाट १० अंक जोडेर तेस्रो स्थानमा छ । ललितपुरले २ जित हात पार्दा ४ बराबरी खेलेको थियो । आजको खेल जितेमा ललितपुर १३ अंक जोड्दै शीर्ष स्थानमा उक्लने अवसर छ । ६ खेलबाट १२ अंकसहित धनगढी शीर्ष स्थानमा छ । उता ७ खेल खेलिसकेको इलाम पाँच अंकसहित पुछारमा छ । यसअघि नै प्लेअफ होडबाट बाहिरिसकेको इलामको लागि आज अन्तिम खेल प्रतिष्ठाको लागि मात्रै हुनेछ । इलामले अहिलेसम्म ७ खेल खेल्दा जम्मा एक खेल मात्र जितेको छ भने २ खेल बराबरी गरेको थियो । चार खेलमा इलाम पराजित भएको थियो । यस्तै दशरथ रंगशालमै साँझ ५ बजे बुटवल लुम्बिनी एफसी र पोखरा थण्डर्सबीच खेल हुनेछ । पोखरा ६ खेलबाट तीन जित दुई बराबरी र एक हारको नतिजासहित ११ अंक जोडेर दोस्रो स्थानमा छ । पोखरासामु आजको खेल जित्दै शीर्ष स्थानमा उक्लेर प्लेअफमा स्थान सुरक्षित गर्ने अवसर छ । पहिलो खेलको नतिजा जे भएपनि बुटवललाई हराएमा पोखरा शीर्ष स्थानमा उक्लनेछ । उता बुटवल लुम्बिनीलाई पनि शीर्ष चारको दाबेदारी कायम राख्न आजको खेल जित्नैपर्ने अवस्था छ । बुटवलको ६ खेलबाट सात अंक छ र छैटौं स्थानमा छ । आजको खेलमा पराजित भएमा बुटवलको शीर्ष चारको सम्भावना लगभग सकिनेछ ।
सुपर लिग एनएसएलमा आज दुई खेल हुँदै

प्रतिक्रिया
ट्रेन्डिङ
साहित्य मन थाइल्याण्डद्वारा ‘मेरो रचना मेरै भाषामा’ को ११ औं श्रृंखला भव्यताका साथ सम्पन्न
थाइल्याण्ड। अन्तर्राष्ट्रिय मातृभाषा दिवसको विशेष सन्दर्भ पारेर 'साहित्य मन थाइल्याण्ड'ले आफ्नो नियमित अनलाइन श्रृंखला 'आदर्श…
फुकेटमा थाई नेपाली संघको आठौँ अधिवेशन सम्पन्न, अध्यक्षमा रामजी पौडेल निर्विरोध निर्वाचित
फुकेट l थाई नेपाली संघ, फुकेट शाखाको आठौँ अधिवेशन सम्पन्न भएको छ। अधिवेशनबाट रामजी पौडेल अध्यक्ष पदमा…

