आन्दोलनमा बसिरहेका शिक्षकहरुमाथि सरकारले दमन गर्यो : जनार्दन शर्मा

थाइल्याण्ड नेपाल डट्कम
2 मिनेटमा पढ्न सकिने
2 मिनेटमा पढ्न सकिने

काठमाडौं ।  नेकपा माओवादी केन्द्रका सांसद जनार्दन शर्माले शान्तिपूर्ण रुपमा आन्दोलनमा बसिरहेका शिक्षकहरुमाथि सरकारले दमन गरेको बताएका छन् ।

सोमबारको प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले सरकारले शिक्षकहरुका माग पूरा गर्नुको सट्टा किन दमन गरिरहेको छ भन्दै प्रश्न गरेका हुन् ।

उनले भने, ‘शिक्षकहरु आन्दोलनमा हुनुहुन्छ ।  हिजो  मात्रै शान्तिपूर्ण  शिक्षकहरुको आन्दोलनमा सरकारले  दमन गर्यो ।  शान्तिपूर्ण रुपमा बसिरहेको शिक्षकहरुमाथि पानीको फोहोरा, अश्रुग्यास, लाठ्ठि प्रहार गरेर दर्जौनौ शिक्षकहरु घाइते हुनुभएको छ । पत्रकार सविना कार्की गम्भिर घाइते हुनुभएको छ । यस्तो अवस्था किन सिर्जना भैइरहेको छ ? सरकारले शिक्षकहरुका माग पूरा गर्नुको सट्टा किन दमन गरिरहेको छ यसको म भत्र्सना गर्न चाहन्छु, खेद प्रकट गर्न चाहन्छु ।’ 

साथै, उनले शिक्षा ऐनलाई परिवर्तन गर्नुपथ्र्यो, पाठ्यक्रम परिवर्तन गर्नुपथ्र्यो  तर  त्यो नभैइरहेको बताए ।  उनले राज्यले नै ऐन बनाएर दिनुपर्ने कुरामा आज शिक्षकहरु हामीलाई ऐन देऊ भनेर माग्न आइरहेको सन्दर्भमा उनीहरुको मागलाई सम्बोधन गरेर जायज मागहरुलाई पुरा गरेर जानुको सट्टा  सरकार मुकदर्शक बनिरहेको बताए ।

उनले भने, ‘संविधान निर्माणसँगै हामीले नयाँ ऐन बनाएर शिक्षालाई नयाँ दिशा दिनुपर्दथ्यो । आजको विकास, आजको देशको आवश्यकता, आजको टेक्नोलोजि प्रयोग गर्नेगरी शिक्षा ऐनलाई परिवर्तन गर्नुपथ्र्यो, पाठ्यक्रम परिवर्तन गर्नुपथ्र्यो  तर  त्यो  भैइरहेको छैन । आज पुराना ऐन र कानुनहरुले आज संघीय लोकतान्त्रिक गणतन्त्रको कार्यान्वयनमा बाधा अड्चन भैइरहेको छ । राज्यले  नै ऐन बनाएर दिनुपर्ने कुरामा आज शिक्षकहरु हामीलाई ऐन देऊ भनेर माग्न आइरहेको सन्दर्भमा उनीहरुको  मागलाई सम्बोधन गरेर जायज मागहरुलाई पुरा गरेर जानुको सट्टा मुकदर्शक बनिरहेको छ ।’

सेयर: 3
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
मौसम
10°C
Kathmandu
few clouds
10° _ 10°
100%
2 km/h
बुध
22 °C
बिहि
23 °C
शुक्र
23 °C
शनि
25 °C
आइत
20 °C
प्रतिक्रिया

प्रतिक्रिया

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ