एनआरएनएलाई उपप्रधानमन्त्री सिंहको बधाई

थाइल्याण्ड नेपाल डट्कम
1 मिनेटमा पढ्न सकिने
1 मिनेटमा पढ्न सकिने

काठमाडौं  । उपप्रधानमन्त्री एवम् शहरी विकास मन्त्री प्रकाशमान सिंहले विदेशमा सिकेको ज्ञान, सिप र प्रविधिलाई आफ्नो जन्मभूमिको हितमा जोड्नका लागि गैरआवासीय नेपाली संघ (एनआरएनए) लाई आग्रह गरेका छन् ।

गैरआवासीय नेपाली संघको नव निर्वाचित कार्यसमितिलाई बधाई ज्ञापन गर्दै उनले अहिले प्रवासमा रहेपनि जन्मभूमिबारे सोच्न आग्रह गरेका हुन् ।

उनले एनआरएनएभित्र वृहत्तर एकता कायम गरेर अघि बढ्न पनि नयाँ कार्यसमितिलाई सुझाव दिए ।

उपप्रधानमन्त्री सिंहले गैरआवासीय नेपाली संघले नेपालको आर्थीक विकास र समृद्धिका लागि आफ्नो ठाउँबाट सकेको योगदान गरेको चर्चा गर्दै प्रवासमा रहेका आफ्नोे दोस्रो पुस्तालाई नेपालसँगको सम्बन्ध नटुटाउनका लागि एनआरएनएले खेलेको भूमिकाको प्रशंसा पनि गरे । उनले सबैले अधिकारको कुरा सँगै जिम्मेवारी बहन गर्नुपर्नेमा पनि जोड दिए ।

उपप्रधानमन्त्री सिंहसँगको भेटमा अध्यक्ष महेश कुमार श्रेष्ठले संसारभर छरिएर रहेका नेपालीहरुलाई एकतावद्ध गरेर आफ्नो कार्यसमिति अघि बढ्ने बताए ।

आइतबार सम्पन्न एनआरएनएको एकता महाधिवेशनबाट श्रेष्ठ नेतृत्वमा सर्वसम्मत नयाँ कार्यसमिति चयन भएको थियो । एनआरएनएको नवनिर्वाचित कार्यसमितिले शहरी विकास मन्त्रालय पुगेर उपप्रधानमन्त्री सिंहसँग भेट गरेको हो ।

सेयर: 2
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
मौसम
9°C
Kathmandu
few clouds
9° _ 9°
100%
2 km/h
बुध
22 °C
बिहि
23 °C
शुक्र
23 °C
शनि
25 °C
आइत
25 °C
प्रतिक्रिया

प्रतिक्रिया

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ