राम्रो संविधान बनाउँदा बहुमत ल्याउन सक्ने अवस्था भएन : सभापति देउवा

संवाददाता
1 मिनेटमा पढ्न सकिने
1 मिनेटमा पढ्न सकिने

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नेपालको संविधानअनुसार कुनै एक दलले बहुमत ल्याउन सक्ने अवस्था नभएका कारण एकभन्दा बढी दल मिलेर सरकार बनाउन बाध्य भएको बताउनुभएको छ ।

नेपाली कांग्रेस नुवाकोटको ‘प्रथम जिल्ला सम्मेलन’लाई विदुरमा सम्बोधन गर्दै सभापति देउवाले समावेशी र समानुपातिक निर्वाचन प्रणालीलाई सुनिश्चित गराई ‘राम्रो संविधान’ बनाएको कारण राजनीतिक दलले बहुमत ल्याउन सक्ने अवस्था नभएको बताउनुभयो ।

“अहिलेको संविधानमा आदिवासी जनजाति, महिला तथा दलितलगायत पछिपरेका समुदायको प्रतिनिधित्व अनिवार्य गराई संविधान राम्रो बनायौँ । तर, कुनै एक दलले बहुमत ल्याउन सक्ने अवस्था यो निर्वाचन प्रणालीबाट सकिन्न,” उहाँले भन्नुभयो, “निर्वाचनमा ठूलो दल भए पनि बहुमत नभएको कारण एक अर्को दलसँग मिलेर सरकार सञ्चालनमा सहभागी भएका छौं ।”

कांग्रेस सभापति देउवाले आफ्नो पाटीभित्र घात अन्तर्घात कायम रहेको भन्दै असन्तुष्टि जनाउनुभयो । “काँग्रेसभित्र खुट्टा तानातानको प्रवृत्ति विगतदेखि अहिलेसम्म छ । घात गर्नेलाई कारबाही गरौँ भन्दा दिँदैनन्,” उहाँले भन्नुभयो, “पार्टीलाई हराभर बनाएर ठूलोमात्र होइन, बहुमत प्राप्त दल बनाउन सबैको साथ हुनुपर्छ ।”

सेयर: 0
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
1
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
मौसम
21°C
Kathmandu
clear sky
21° _ 21°
41%
1 km/h
आइत
24 °C
सोम
27 °C
मंगल
28 °C
बुध
29 °C
बिहि
30 °C
प्रतिक्रिया

प्रतिक्रिया

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ