अपाङ्गता भएका र विपन्न बालबालिकालाई खाद्यान्न र शैक्षिक सामाग्री

थाइल्याण्ड नेपाल डट्कम
1 मिनेटमा पढ्न सकिने
1 मिनेटमा पढ्न सकिने

सुर्खेत । आर्थिकरुपमा विपन्न र अपाङ्गता भएका बालबालिकालाई गैरसरकारी संस्थाले सहयोग गरेको छ । बालिबालिकाका र शिक्षा क्षेत्रमा काम गरिरहेको भिडिसेफ नेपालले सेभ द चिल्ड्रेनको सहयोगमा खाद्यान्न र शैक्षिक सामाग्री वितरण गरेको हो ।

कालिकोटको शुभ कालिकाका गाउँपालिका वडा नं.४ र ५ का आमाबुवा विहीन, अपाङ्गता भएका र अति विपन्न परिवारका ८३ बालबालिकालाई खाद्यान्न र शैक्षिक सामाग्री सहयोग गरिएको भिडिसेफका कार्यक्रम व्यवस्थापक राजेन्द्र सहकारीले बताए ।

शुभकालिकाका विपन्न र जोखिम बालबालिकालाई प्रतिव्यक्ति झोला, कापी, डटपिन, पेन्सिल, ज्यामिती, विद्यालय पोसाक, टिफिन बक्स, मसिनो चामल १ बोरा, दाल ५ केजी, तेललगायतका सामग्री वितरण गरिएको हो । शुभकालिका गाउँपालिका–४ का ३० जना र वडा नं ५ का २० जना अति जोखिममा रहेका बालबालिकालाई शैक्षिक सामग्री दिइएको हो ।

शुभकालिका वडा नं.४ का १८ र ५ का १५ जना अति जोखिममा रहेका बालबालिकालाई खाद्यान्न सामग्री वितरण गरिएको छ । सहयात्रा तेस्रो परियोजनाअन्तर्गत शिक्षा थिममार्फत ४ र ५ मा जम्मा ५० जना बालबालिकालाई शैक्षिक सामग्री वितरण गरिएको हो ।

परियोजनाको बालअधिकार शासन र बालसंरक्षण थिमअन्तर्गत ३२ जना बालबालिकालाई खाद्यान्न वितरण गरिएको राम सुनारले बताए । शुभकालिका गाउँपालिका–४ र ५ मा जम्मा ३ लाख २५ हजार रुपैयाँको खाद्यान्न र शैक्षिक सामग्री वितरण गरिएको संस्थाका प्रमुख राजेन्द्र सहकारीले जानकारी दिए ।

सेयर: 5
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
मौसम
16°C
Kathmandu
thunderstorm
16° _ 16°
59%
3 km/h
मंगल
17 °C
बुध
22 °C
बिहि
23 °C
शुक्र
24 °C
शनि
25 °C
प्रतिक्रिया

प्रतिक्रिया

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ