जलवायु परिवर्तन सम्बन्धि कार्यक्रममा वल्र्ड मर्चेन्ट इन्भेष्टमेन्टको सहकार्य

थाइल्याण्ड नेपाल डट्कम
1 मिनेटमा पढ्न सकिने
1 मिनेटमा पढ्न सकिने

काठमाडौं । लगानी कम्पनी वल्र्ड मर्चेन्ट इन्भेष्टमेन्टले रोटरी क्लब अफ काठमाडौं मिड–टाउनले आयोजना गर्न लागेको जलवायु परिवर्तन सम्बन्धि कार्यक्रममा सहकार्य गरेको छ ।

जलवायु परिवर्तन प्रभाव देखाउन र प्रभावित क्षेत्रलाई सहयोग गर्ने उद्देश्यसहित आयोजना गरेको च्यारिटी डिनर कार्यक्रममा कम्पनीले सहकार्य गरेको हो ।

पछिल्लो जलवायु समस्या बढ्दै गएको र यो जलवायुको मात्र नभइ मानवताको मुद्दा भएको वल्र्ड मर्चेन्ट इन्भेष्टमेन्टका अध्यक्ष बासुदेव गौतमले बताए ।

‘यो केवल जलवायुको समस्या होइन । यो मानवताको मुद्दा हो,’ उनले भने, ‘हामी त्यस्तो विकासमा विश्वास गर्छौं, जसले मानिस र प्रकृति दुवैलाई समेट्छ । त्यसैले हामी रोटरी मिड–टाउनसँग अर्थपूर्ण कार्यक्रममा सहकार्य गरेका हौं ।’

रोटरी क्लब अफ काठमाडौं मिड–टाउनले च्यारिटी स्वरूप सोल्टी होटलमा जेठ ११ गते हुने ‘एन इभनिङ फर द गुड अर्थ’ कार्यक्रम गर्दैछ । उक्त कार्यक्रममा संकलन भएको रकम जलवायु कार्यक्रम र जनचेतना अभिवृद्धि परियोजनामा खर्च गरिने छ।

सेयर: 2
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
मौसम
16°C
Kathmandu
thunderstorm
16° _ 16°
59%
3 km/h
मंगल
17 °C
बुध
22 °C
बिहि
23 °C
शुक्र
24 °C
शनि
25 °C
प्रतिक्रिया

प्रतिक्रिया

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ