जादुवाला नम्बर भएकाहरुबाट भ्रम फैलाउने अभिव्यक्ति आइरहेको छ : बर्तौला

थाइल्याण्ड नेपाल डट्कम
1 मिनेटमा पढ्न सकिने
1 मिनेटमा पढ्न सकिने

काठमाडौं । नेकपा एमालेका प्रमुख सचेतक महेश बर्तौलाले सदनमा जादुवाला नम्बर भएकाहरुबाट वर्तमान सरकारले केही गरेन भन्ने जस्तो भ्रम फैलाउने काम भएको बताएका छन् ।

सोमबार प्रतिनिधि सभाको बैठकमा उनले वर्तमान सरकारले निराशाहरु चिरेर अर्थतन्त्रलाई लयमा ल्याउनको लागि विभिन्न कार्यक्रमहरु गरि अगाडि बढिरहेको भन्दै सदनमा जादुवाला नम्बर भएकाहरुबाट भ्रम फैलाउने अभिव्यक्ति आएको बताए ।

उनले भने, ‘अहिलेको सरकारले निराशाहरु चिरेर आशामा रुपान्तरण गर्ने, गतिहिनतामा रहेको अर्थतन्त्रलाई लयमा ल्याउनको लागि सरकार विभिन्न कार्यक्रमहरु गरि अगाडि बढिरहेको छ । तर जनतामा निराश छाउनेगरी अभिव्यक्तिहरु आइरहेका छन् । गाँउघरमा जादुगरले कागजको पत्ता राखेर हजारको नोट निकाल्छ तर त्यो सत्य होइन, त्यो केवल भ्रम हो । यो संसदमा पनि यस्ता प्रवृत्तिहरु देखिरहेका छौ । जादुगरले कागज देखाएर पैसाको नोट निकालेको जस्तो प्रवृत्तिकै जादुवालाहरु, जादुवाला नम्बर भएकाहरुबाट यस्तो अभिव्यक्ति सुनिरहेका छौं त्यो केबल भ्रम मात्र हो ।’

यस्तै, उनले नेकपा एमाले र नेपाली काङ्ग्रेस मिलेको सरकारले केही गरेको छैन् भन्दै गर्दा विपक्षी सांसदहरु सरकारमा हुँदा भएका कामहरुको पनि तथ्य तथ्यांक स्पष्ट रहेको बताए ।

सेयर: 4
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
मौसम
12°C
Kathmandu
few clouds
12° _ 12°
82%
2 km/h
मंगल
25 °C
बुध
26 °C
बिहि
26 °C
शुक्र
25 °C
शनि
13 °C
प्रतिक्रिया

प्रतिक्रिया

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ