बेरोजगारीको चपेटामा नेपाल, युवाको विदेश पलायन बढ्यो ः डा.श्रेष्ठ

थाइल्याण्ड नेपाल डट्कम
1 मिनेटमा पढ्न सकिने
1 मिनेटमा पढ्न सकिने

काठमाडौं । नेपाल पिएचडी एशोसिएशन (एनपिए) का अध्यक्ष डा.सुनिल बाबु श्रेष्ठले नेपालमा बढ्दो बेरोजगारीका कारण युवाहरू ठूलो संख्यामा विदेश पलायन भइरहेको बताएका छन् ।

शुक्रबार काठमाडौंमा आयोजित ‘राष्ट्रिय बजेट आर्थिक वर्ष २०८२÷८३ देशको आर्थिक सुधारका लागि अवसर र चुनौतीहरु’ विषयक कार्यक्रममा बोल्दै डा.श्रेष्ठले नेपालको वर्तमान आर्थिक अवस्थालाई चिन्ताजनक भन्दै आन्तरिक उत्पादन घट्दो, पूँजीगत खर्च न्यून र उद्यमशीलता कमजोर भएको उल्लेख गरेका हुन् ।

‘नेपालको अर्थतन्त्र हामी सबैलाई थाहा छँदै छ । बेरोजगारी बढ्दो छ, युवाहरू विदेश पलायन भइरहेका छन्, ’उनले भने, ‘आन्तरिक उत्पादन खस्किँदै गएको छ । पूँजीगत खर्च एकदमै न्यून छ । अब उद्यमशीलता र उत्पादनमा ध्यान दिन जरुरी छ ।’

डा. श्रेष्ठले आर्थिक सुधारको लागि आधुनिक प्रविधिको उपयोग, कृषि, जलविद्युत र उद्योग क्षेत्रमा लगानी बढाउनुपर्ने आवश्यकता औँल्याए । ‘आर्थिक विकास गर्दै गरिबी निवारण गर्नुपर्ने अहिलेको आवश्यकता हो,’उनले भने, ‘प्रविधिको प्रयोगबाट आर्थिक दक्षता हासिल गर्नुपर्छ । प्राथमिकताका क्षेत्रमा ठोस योजना बनाइ कार्यान्वयन गर्नु अहिलेको समयको माग हो ।’

सेयर: 4
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
मौसम
12°C
Kathmandu
few clouds
12° _ 12°
82%
2 km/h
बुध
22 °C
बिहि
23 °C
शुक्र
24 °C
शनि
25 °C
आइत
11 °C
प्रतिक्रिया

प्रतिक्रिया

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ