नेपालमा ३० हजारभन्दा बढी एचआईभी संक्रमितपुरुषसँग यौन सम्पर्क गर्ने पुरुष, यौनकर्मी, लागूऔषध प्रयोगकर्ता सबैभन्दा बढी जोखिममा

प्रज्वला खड्का
2 मिनेटमा पढ्न सकिने
2 मिनेटमा पढ्न सकिने

काठमाडौं — नेपालमा एचआईभी संक्रमित व्यक्तिको संख्या ३० हजार नाघेको छ। शुक्रबार काठमाडौंमा आयोजित एक कार्यक्रममा राष्ट्रिय एड्स तथा यौनरोग नियन्त्रण केन्द्रले सार्वजनिक गरेको पछिल्लो तथ्यांकले देशमा अझै पनि एचआईभी संक्रमण गम्भीर सार्वजनिक स्वास्थ्य चुनौतीका रूपमा रहेको देखाएको छ।

केन्द्रकी जनस्वास्थ्य प्रशासक अस्मिता ओझाका अनुसार, संक्रमण खासगरी केही विशेष ‘जोखिम समूह’ मा सीमित छ जसमा पुरुषसँग यौन सम्पर्क गर्ने पुरुषहरू, यौन व्यवसायमा संलग्न महिला, लैङ्गिक अल्पसंख्यक समुदाय, लागूऔषध सुई प्रयोगकर्ता, र आप्रवासी कामदारहरू पर्छन्।

मुख्य तथ्यांकहरू:

• कुल एचआईभी संक्रमित संख्या: ३०,०००+

• वार्षिक नयाँ संक्रमण दर: ६१४

• वार्षिक मृत्यु दर: ५६९

• एचआईभी संक्रमित गर्भवती महिला: २२७

अध्ययनले के देखाउँछ?

• यौन व्यवसायमा संलग्न: १,१५,९१९ जना

• पुरुषसँग यौन सम्पर्क गर्ने पुरुष: ७७,३४० जना

• लैङ्गिक अल्पसंख्यक: ३२,८९५ जना

• जेलमा रहेका जोखिम समूह: २७,८३९ जना

• लागूऔषध सुई प्रयोगकर्ता: ४४,३५० जना

पुरुषहरू संक्रमितको अग्रस्थानमा नेपालमा एचआईभी संक्रमितमध्ये पुरुषको संख्या महिलाभन्दा धेरै छ। विशेषगरी पुरुषसँग यौन सम्पर्क गर्ने पुरुषहरू र लागूऔषध सुई प्रयोग गर्ने पुरुषहरूको समूह उच्च जोखिममा देखिएको छ।

नेपालले सन् २०३० भित्र एचआईभी नियन्त्रण गर्ने अन्तर्राष्ट्रिय प्रतिबद्धता पूरा गर्न गाह्रो हुन हुन सक्ने विज्ञहरूले बताएका छन ।

मुख्य चुनौतीहरू:

• निःशुल्क सेवा पहुँचमा समस्या

• परीक्षण सेवा पर्याप्त विस्तार नहुनु

• दातृ निकायहरूमा अत्यधिक निर्भरता

सरकारले जोखिम समूहलाई लक्षित गर्दै नयाँ रणनीति र नीतिहरूको तयारी गरिरहेको बताएको छ। नीति, बजेट र सेवाको पहुँचमा सुधार नगरी लक्ष्य प्राप्ति असम्भव हुने विज्ञहरू बताउँछन्।

एचआईभी संक्रमण कुनै पनि वर्ग, लिंग वा उमेरको मानिसलाई हुन सक्छ। एचआईभीबाट सुरक्षित रहनुहोस्, परिक्षण गरौं।

सेयर: 7
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
मौसम
17°C
Kathmandu
thunderstorm
17° _ 17°
55%
9 km/h
मंगल
21 °C
बुध
22 °C
बिहि
23 °C
शुक्र
24 °C
शनि
25 °C
प्रतिक्रिया

प्रतिक्रिया

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ