बैंककमा ओशो ध्यान शिविर – २०२५ आत्म –शान्तिको अनौठो अवसर

प्रज्वला खड्का
1 मिनेटमा पढ्न सकिने
1 मिनेटमा पढ्न सकिने

बैंकक, अगस्ट १५ – १८ मा आन्तरिक शान्तिको खोजीमा रहेका नेपाली तथा अन्तर्राष्ट्रिय ध्यान प्रेमीहरूका लागि एक विशेष अवसर आउँदैछ। ओशोको शिक्षामा आधारित ३ रात ४ दिनको विशेष ध्यान शिविर यस वर्षको अगस्ट महिनामा थाईल्यान्डको राजधानी बैंककमा आयोजना हुँदैछ।

शिविर १५ देखि १८ अगस्ट २०२५ सम्म हुनेछ र यसमा सहभागीहरूले सत्संग, ध्यान, साझेदारी तथा आत्म–चिन्तनका विभिन्न चरण अनुभव गर्नेछन्।

शिविरको नेतृत्व नेपालबाट आउनुहुने स्वामी आनन्द दिनेश र माँ शोभिता द्वारा गरिनेछ। उनीहरूले ओशो दर्शनमार्फत सहभागिहरूलाई प्रेम, शान्ति र आत्म–बोधको यात्रामा मार्गदर्शन गर्नेछन्।

यो शिविरको आयोजक थाई नेपाली संघ, बैंकक शाखा द्वारा विशेष रूपमा प्रायोजित गरिएको हो।

शिविर बैंककमै आयोजना हुनेछ भने विस्तृत स्थान जानकारी चाँडै सार्वजनिक गरिनेछ। साथै सहभागिताका लागि आयोजक टिमले विशेष अनुरोध गरेको छ ।

“ध्यान, प्रेम र शान्तिको मार्गमा अघि बढ्न चाहनुहुन्छ भने, यो शिविर तपाईंका लागि हो।” यस अनमोल अवसरलाई नगुमाउनुहोला।

सेयर: 6
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
मौसम
20°C
Kathmandu
few clouds
20° _ 20°
64%
2 km/h
बुध
18 °C
बिहि
28 °C
शुक्र
28 °C
शनि
28 °C
आइत
27 °C
प्रतिक्रिया

प्रतिक्रिया

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ