Ad imageAd image

काँग्रेसको प्रदेशस्तरीय भेला सभापति थापाद्वारा उद्घाटन

थाइल्याण्ड नेपाल डट्कम
1 मिनेटमा पढ्न सकिने
1 मिनेटमा पढ्न सकिने

सुर्खेत । नेपाली कांग्रेसका सभापति गगन कुमार थापाले कर्णाली प्रदेशस्तरीय भेला तथा प्रशिक्षण कार्यक्रमको उद्घाटन गरेका छन् । बिहान सुर्खेत आएका सभापति थापाले भेला उद्घाटन गरेका हुन्।


भेलामा काँग्रेस उपसभापति विश्वप्रकाश शर्मा, महामन्त्री प्रदीप पौडेल लगायतका नेताहरु सुर्खेत आएका छन् । नेपाली काँग्रेसका निवर्तमान कार्यवहाक सभापति पूर्ण खड्काको गृह जिल्लामा हुन लागेको कार्यक्रमलाई चासोको साथ हेरिएको छ ।


विशेष महाधिवेशनपछि काँग्रेसले पहिलो पटक प्रदेशस्तरीय भेला गर्न लागेको हो । दुई दिनसम्म चल्ने भेलामा नेपाली काँग्रेसका संघीय, प्रदेश र स्थानीय तहका जनप्रतिनिधिहरु, पार्टीका केन्द्रीय, प्रदेश र स्थानीय तहका पार्टी सभापतिहरु सहभागी हुनेछन् ।


कांग्रेसको केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानको आयोजनामा प्रदेशस्तरीय भेलाको आयोजना गरिएको हो । पार्टीका शीर्ष नेताहरूको सहभागितामा आयोजना हुने भेला आगामी राजनीतिक कार्यदिशा, निर्वाचन समीक्षा तथा सुशासनका सवालमा केन्द्रित रहने जनाइएको छ ।

- Advertisement -
Ad imageAd image
सेयर: 3
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
मौसम
24°C
Kathmandu
broken clouds
24° _ 24°
53%
3 km/h
सोम
25 °C
मंगल
24 °C
बुध
26 °C
बिहि
26 °C
शुक्र
26 °C
प्रतिक्रिया

प्रतिक्रिया

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ