Ad imageAd image

चेकजाँचबाट बच्न झोला फालेर फरार, रतुवामाईमा २० लाख भारु बरामद

थाइल्याण्ड नेपाल डट्कम
1 मिनेटमा पढ्न सकिने
1 मिनेटमा पढ्न सकिने

मोरङ । मोरङको सीमावर्ती क्षेत्र रतुवामाईबाट सशस्त्र प्रहरीले २० लाख भारतीय रुपैयाँ बरामद गरेको छ । रकम बोकेर भारतबाट नेपाल प्रवेश गरिरहेका दुईजना भने मोटरसाइकलसहित फरार भएका छन् ।


आइतबार राति रतुवामाई नगरपालिका–२ स्थित घररुचोक नजिक सीमा क्षेत्रमा निगरानी गरिरहेका सशस्त्र प्रहरीको टोलीले शंकास्पद मोटरसाइकललाई रोक्न खोजेको थियो । त्यसक्रममा मोटरसाइकलको पछाडि बसेका व्यक्तिले आफूले बोकेको झोला सडक छेउमा फालेर फरार भएको सशस्त्र प्रहरीले जनाएको छ ।


फालिएको झोला चेकजाँच गर्दा पाँचसय दरका ४० बण्डल भारतीय नोट फेला परेको सशस्त्र प्रहरी बलका सहप्रवक्ता डीएसपी शैलेन्द्र थापाले जानकारी दिए । बरामद रकम २० लाख भारतीय रुपैयाँ रहेको उनले बताए ।


सीमा सुरक्षा गुल्म बरडंगा र बीओपी डोरियाको संयुक्त टोलीले रकम बरामद गरेको सशस्त्र प्रहरीले जनाएको छ । रकम कहाँबाट ल्याइएको हो र के प्रयोजनका लागि ल्याइँदै थियो भन्नेबारे अनुसन्धान भइरहेको जनाइएको छ ।

- Advertisement -
Ad imageAd image


बरामद रकम आवश्यक कानुनी प्रक्रिया पूरा गरेर सम्बन्धित निकायलाई बुझाइने सशस्त्र प्रहरीले जनाएको छ ।

सेयर: 3
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
मौसम
23°C
Kathmandu
scattered clouds
23° _ 23°
64%
4 km/h
सोम
22 °C
मंगल
24 °C
बुध
23 °C
बिहि
27 °C
शुक्र
26 °C
प्रतिक्रिया

प्रतिक्रिया

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ